Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४९:०५ बिहान
- ADVERTISEMENT -

अध्यक्षद्वय नै साङ्गठनिक एकीकरणकाे गृहकार्यमा जुट्नुभएकाे छ : नेकपा प्रवक्ता श्रेष्ठ

प्रकाशित मिति: २०७६ असार २१, शनिबार

796
Shares
filephoto

काठमाडौँ, २१ असार २०७६ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको राजनीतिक परिवर्तनबारे महाधिवेशनमा छलफल हुने बताउनुभएको छ ।

गोरखामा पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टी एकता गर्दाको सहमतिका आधारमा अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन तयार पारिरहेको बताउनुभयो ।

‘दुईजना अध्यक्ष कमरेडहरुले गृहकार्य गरिरहनुभएको छ । मुख्यतः अहिले राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने र साङ्गठनिक एकीकरणका बाँकी कामहरुलाई पूरा गर्ने गृहकार्य उहाँहरुले गरिरहनुभएको छ । उहाँहरुबीचको गृहकार्य छिट्टै सकिने हामीले आशा गरेका छौं’, श्रेष्ठले भन्नुभयो । पार्टीका दुई अध्यक्षले प्रतिवेदन तयार गर्न ढिलाइ गरे स्थायी समितिले टुंगो लगाउने पनि उहाँले बताउनुभयो ।

पार्टीका तत्कालीन र रणनीतिक लक्ष्यलाई समेटेर राजनीतिक प्रतिवेदन तयार हुने उहाँले बताउनुभयो । दुई जना अध्यक्षबीचमा विवाद भए पनि पार्टी एकता नरोकिने उहाँले स्पष्ट पार्नुभयो । ‘पार्टी एकतालाई कुनै पनि ढंगले समस्या पैदा गर्ने वा विग्रह गर्ने कुरा कतैबाट हुन्छ भने त्यो स्वीकार हुँदैन । कतैबाट त्यसो हुन्छ भन्ने पनि लाग्दैन’, श्रेष्ठले भन्नुभयो ।

नेकपा प्रवक्ता श्रेष्ठले मन्त्रीहरु हेरफेर गर्ने विषयमा पार्टीमा कुनै छलफल नभएको बताउनुभयो । ‘मन्त्रीमण्डलको हेरफेर हुँदै हुँदैन वा आज भोलि नै हुन्छ भन्ने पनि छैन’, उहाँले भन्नुभयो, ‘पार्टीमा छलफल भएको छैन ।

प्रधानमन्त्रीले केही तयारी गर्नुभएको भए मलाई थाहा छैन ।’ श्रेष्ठले सरकारको कार्यशैलीबारे अहिले भैरहेको आलोचनालाई स्वाभाविक मान्नुपर्ने पनि बताउनुभयो । आलोचना नभए सरकारले राम्रो काम गर्न नसक्ने भन्दै उहाँले सरकारका तर्फबाट पनि केही कमीकमजोरी भएको संकेत गर्नुभयो । ‘केही कमजोरी भएको पनि हुन सक्छ, आलोचनाले अझ बढी परिणममूखी बनाउन मद्दत गर्छ’, उहाँले बताउनुभयाे ।

फरक प्रसंगमा श्रेष्ठले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा वार्तामा आउन नचाहेको बताउनुभयो । उसका गतिविधि अहिलेको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सघाऊ पुर्‍याउने खालको नभएको श्रेष्ठले बताउनुभयो ।

‘हाम्रो पार्टी र सरकारले पनि प्रष्ट भनेको छ, वार्ताको ढोका खुला छ । साँच्चै वार्ता गर्न तयार हो र त्यो समाधानमूखी हुन्छ भने जुनसुकै बेला वार्ता हुनसक्छ’, श्रेष्ठले भन्नुभयो । डेमोखबर

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -