Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४५:२८ बिहान
- ADVERTISEMENT -

विद्युतीय सवारी संचालनका लागि कुनै पनि बेला रुट परमिट दिन सरकार तयार छ : मन्त्री महासेठ

प्रकाशित मिति: २०७६ असार २०, शुक्रबार

897
Shares

काठमाडौँ, २० असार २०७६ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्ने तयारी गरिरहेको बताएका छन् ।

बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री महासेठले विकास, निर्माणका काममा हुने ढिलाईलाई रोक्न सरकार आफैले निर्माण कम्पनी स्थापना गर्ने तयारी गर्नु परेको पनि स्पष्ट पारे । उनले एक हप्ताभित्र सो सम्बन्धमा ठोस निर्णय लिने पनि समितिलाई जानकारी दिनुभयो ।

मन्त्री महासेठले सरकारले आफ्नै निर्माण कम्पनी बनाए पनि निजी क्षेत्रको कम्पनीलाई प्रोत्साहन गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे । उनले आफूले निर्माण गरेका सडकलगायतका पूर्वाधारको मर्मत सम्हारको जिम्मेवारी ५ वर्षसम्म सम्बन्धित निर्माण कम्पनीहरुलाई दिने नीतिगत निर्णय लिइएको पनि स्मरण गराए । मन्त्री महासेठले काठमाडौंमा विद्युतीय सवारी साधन संचालनका लागि कुनै पनि बेला रुट परमिट दिन सरकार तयार रहेको पनि बताउनु भयो ।

उहाले काठमाडौंलाई प्रदुषणमुक्त बनाउन पनि विद्युतीय सवारी साधन सञ्चालन गर्न उपयुक्त हुने भएकाले आफूले विद्युतीय बस सञ्चालनका लागि आउनेहरुलाई तत्काल उनीहरुले मागेकै रुटमा परमिट दिन यातायात व्यवस्था विभागलाई निर्देशन दिएको पनि स्पष्ट पार्नुभयो ।

बैठकमा समितिका सदस्यहरुले काठमाडौंको सडकको व्यवस्थापन गर्न नसकेको भन्दै मन्त्री महासेठको चर्को आलोचना गरेका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले १० वर्षअघि आफू नेतृत्वको सरकारले अघि सारेको काठमाडौं–धार्के सुरुङमार्ग निर्माण परियोजना अझै अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । उनले सो परियोजनाको काम तत्काल अघि बढाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो  ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले काठमाडौंमा आउने सवारी साधानको उचित व्यवस्थापनका लागि आफूले अघि सारेको सो परियोजना किन अघि बढन नसकेको भनि सरकारलाई प्रश्न गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -