Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४३:४१ बिहान
- ADVERTISEMENT -

आमा सावित्री थापाको बीभत्स हत्या गरिएको अवस्थामा शव देखेपछि छोरी ईश्वरी छिमेकीलाई खबर

प्रकाशित मिति: २०७६ असार १७, मंगलबार

1198
Shares

काठमाडौँ, १७ असार २०७६ । आमा सावित्री थापाको बीभत्स हत्या गरिएको अवस्थामा शव देखेपछि छोरी ईश्वरी छिमेकीलाई खबर गर्छिन् । छिमेकीहरू पनि शव हेर्न नसकेर प्रहरीलाई खबर गर्छन् ।

भक्तपुरको चाँगुनारायण–६, बाँसबारीमा आइतबार बिहानको उक्त हत्या घटनाको अनुसन्धान गर्न प्रहरी आइपुगेसँगै सर्वसाधारणको बाक्लो भीड लाग्छ । ६० वर्षीया आमाको हत्यारा पत्ता लगाउन आग्रह गर्दै ईश्वरी भक्कानिएर रोइरहेकी थिइन् ।

आमा र छोरालाई कोठामा छोडेर बिहान सबेरै दिदी भेट्न हिँडेकी ईश्वरी आमाको हत्या घटनाप्रति अन्जान र निर्दोष भएजस्तै गरी अलाप विलाप गरिरहेकी थिइन् । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटेको एक टोली घटनाको बरामदी मुचुल्का तयार गर्न व्यस्त बन्यो भने अर्को टोली अनुसन्धानमा सक्रिय रह्यो ।

महाशाखा प्रमुख सहकुल थापाका अनुसार अनुसन्धानको शुभारम्भ छोरी ईश्वरी र छिमेकीबाट नै सुरुभयो तर ईश्वरीले घटनाबारे केही थाहा नभएको बताएपछि प्रहरीले छिमेकीबाट अनुसन्धान सुरु गरेको हो ।
बिहान कोठामा आएका एक पुरुषलाई आमा सावित्रीले चिरपरिचित व्यक्तिलाई जस्तै ‘फेरि फर्केर आइस् भन्दै’ गाली गरेको रहस्य छिमेकीको बयानबाट खुलेपछि प्रहरीले ईश्वरीको मोबाइलबाट अनुसन्धान सुरु ग¥यो ।

सो मोबाइलमा प्रयोग भएको सिम र फेसबुकमा २७ वर्षीया ईश्वरी र सिराह विष्णुपुरका २३ वर्षीय मोहम्मद नौसादबीच पटक–पटक संवाद भएको तथ्य फेलापरेपछि प्रहरीले हत्याराको आशङ्कामा नौसादलाई साँझ धादिङको गजुरीबाट पक्राउ गरेको हो ।

अभियुक्त नौसादको पक्राउपछि प्रहरीले थप दुई जना भारतीय नागरिक २४ वर्षीय अर्जुनकुमार भन्ने भोला कुमार र २४ वर्षीय मोहम्मद रहिसलाई हेटौँडाबाट पक्राउ गरी राति नै काठमाडौंँ ल्याएको थियो । महाशाखा प्रमुख थापाले भन्नुभयो, “मुख्य नाइके नौसादको पक्राउसँगै अवैध प्रेम सम्बन्धको पोल खुल्ने डरले छोरी ईश्वरीले नै आमा सावित्रीको हत्या गर्न लगाएको रहस्य खुलेको हो । ” घटना भएको आठ घण्टा नबित्दै सबै अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । मुख्य योजनाकार भनिएकी ईश्वरीले प्रेमी नौसादसँगको अवैध सम्बन्ध खुल्ने डरले भारतबाट झिकाइएका कन्ट्रयाक्ट किलरलाई १२ लाख रुपियाँ दिने सर्तमा आमाको हत्या गर्न लगाएको स्वीकारेकी हुन् ।

प्रहरीले ईश्वरी, उनका प्रेमी नौसाद, भारतको मधुवारीका भोला कुमार र रहिसलाई सोमबार सार्वजनिक गरेको हो । ईश्वरीकी श्रीमान् सिनामङ्गलमा होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् । ईश्वरीले छोरा हेर्न भनेर आमालाई काठमाडाँैं बोलाएकी थिइन् । पुरानो थिमिस्थित एक गार्मेन्टमा काम गर्ने नौसाद र ईश्वरीबीचको प्रेम सम्बन्ध थाहा पाएपछि आमा सावित्रीले पटक–पटक ‘पोल खोल्ने चेतावनी’ समेत दिएकी थिइन् । उक्त चेतावनीपछि ईश्वरीले एक लाख लगानी गरी प्रेमी नौसादलाई जेठ पहिलो हप्ता खाडी पठाएकी थिइन् तर नौसाद ईश्वरीकै सल्लाहमा असार १० गते नेपाल फर्किएका हुन् ।

उनी १२ गते भारत पुगेर १४ गते दुई जना ‘कन्ट्रयाक्ट किलर’ भोला र रहिस बोकेर काठमाडौंँ आइपुगेका थिए । आइतबार बिहान ईश्वरी दिदीको घर जान छिटै निस्कने र सोही मौकामा हत्या गर्ने योजना बने पनि छोरा स्कुल नपठाई सकेकाले नौसाद झगडा गरेर फर्किएका थिए ।

नातिलाई स्कुल पु¥याएर फर्किएको १०÷१५ मिनेटपछि बाटो कुरी बसेका नौसादले सावित्रीको हात, मुख, रहिसले खुट्टा र भोलाले गलाबाट चक्कु प्रहार गरी हत्या गरेको जानकारी प्रहरीले दिएको छ । उनीहरूको साथबाट चक्कु, रगतले लतपतिएका कपडा बरामद भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -