Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:३८:१४ बिहान
- ADVERTISEMENT -

नेता चन्द्र भण्डारीको प्रस्न मदन भण्डारीका जीप चालक अमर लामाको हत्या किन गरियो 

प्रकाशित मिति: २०७६ असार १६, सोमबार

1269
Shares

काठमाडौं, १६ असार २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मदन भण्डारीका जीप चालक अमर लामाको हत्या गरिनुको कारण सोधेका छन् ।

शनिबारको कार्यक्रममा प्रचण्डले तत्कालीन पार्टी महासचिवसमेत रहेका मदन भण्डारीको हत्या भएको प्रष्ट रूपमा थाहा हुँदाहुँदै पनि हत्या भएको किटान गर्न नसकेको र हत्यारा को हो भन्न नसकेको भन्दै पूर्वएमालेतिर औँला तेर्स्याएका थिए । ‘‘कमरेड मदन भण्डारीको रहस्यमय अवशान किन भयो ? भोलि त्यस्तै हुँदैन भनेर हामीले ग्यारेन्टी किन गर्न सकिराखेका छैनौँ ?,’’उनको प्रश्न थियो ।

शनिबार तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा शनिबार आयोजित विचार गोष्ठीमा अध्यक्ष प्रचण्डले हत्यारा खोज्न आग्रह गरेपछि कांग्रेस नेता भण्डारीले उनीमाथि प्रश्न तेर्स्याएका हुन् ।

‘‘मदन भण्डारीको हत्यामा भयानक षड्यन्त्र देख्ने पुष्पकमल दाहालले एक मात्र ‘चश्मदिद गवाह’ भण्डारीका चालक अमर लामाको किर्तिपुर चौबाटोमा माओवादीद्वारा हत्या किन ?,’’ नेता भण्डारीले ट्विट गर्दै प्रश्न गरेका छन् ।

मदन भण्डारी र जीवराज आश्रितको हत्यारा भयानक डिजाइनमा भएको तत्कालीन एमालेका नेता कार्यकर्तालाई लागे पनि दोषी किटान गर्न नसकेको प्रचण्डको भनाइ थियो । उनले हत्यामा बचेका एकमात्र साक्षी अमर लामालाई पनि बचाउन नसकेको तर्क गरेका थिए ।

यद्यपि अमर लामालाई तत्कालीन नेकपा माओवादीकै कार्यकर्ताले कीर्तिपुरमा गोली हानी हत्या गरेको पुष्टि यसअघि नै भइसकेको छ ।

 

तस्बिर श्रोत : नेता भण्डारीको फेसबुकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -