Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४८:२४ दिउँसो
- ADVERTISEMENT -

पहिलो नेपाली दृष्‍टिबिहिन डाक्टर कमल लामिछानेद्वारा लिखित कृति ”अन्तर्दृष्टी”को जापान लोकार्पण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २०७६ असार १५, आइतबार

1707
Shares

जापान, १५ असार २०७६ । टोकियो विश्वविद्यालय जापानबाट विद्यावारिधि गर्ने पहिलो नेपाली दृष्‍टिबिहिन डाक्टर कमल लामिछानेद्वारा लिखित कृति ”अन्तर्दृष्टी”को जापान लोकार्पण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गैर आवासिय नेपाली संघ जापान र अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा एक दर्जन जती संघ संस्थाहरु सह अायोजकका रुपमा रहेका थिए ।

चुकुबा विश्वविद्यालय जापानमा सह-प्रध्यापकको रुपमा कार्यरत कृतिकार लामिछानेको पुस्तक गत शनिबार नेपाल बिमोचन भएको थियो ।

कार्यक्रममा बोल्दै कृतिकार लामिछानेले पुस्तक आफ्नो जीवन भोगाइलाई समेटिएर लेखिएको एक आत्मकथा भएको बताउँदै उँहाले आत्मकथा कठोर सत्यहरु माथिको निर्मम लेखेन रहेकोले आफ्ना जीवनका हरेक पाटाहरुलाई सरल रुपमा पुस्तकमा उतारेको बताउनुभएको थियो ।

समाजमा अपांगता भएका ब्यक्तिहरुप्रती हेर्ने र गर्ने ब्यवहार केही सुधार हुनुपर्दछ भन्ने कारणले पनि पुस्तक लेखेको जानकारी गराउनुभएको थियो ।

जापान अनुभवलाई पुस्तकमा आफुले तिस प्रतिशत जती स्थान दिएकोले बिदेशको तयारीमा रहेका जो कोहिले पनि यो पुस्तक केही उपयोगी रहेकोले एक पटक अध्ययन गर्न आग्रह पनि गर्नुभएको छ ।

१५ बर्ष देखी जापानमा रहनुभएका कृतिकारले अपांगता भएकाहरुको हौसला बढाउने मात्र होइन, सपांग व्यक्तिलाई पनि अपांगताबारे बुझाउने काम गरिरहेको बताउनुभएको थियो ।

अनेसास जापान च्याप्टरका अध्यक्ष दीप पाठकले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो भने साहित्यकार तथा अनेसास जापानका पुर्व अध्यक्ष बेलुकाजी थापाले पुस्तक समिक्षा गर्नुभएको थियो ।भने एनआरएनए अाईसिसी सदस्य महेश श्रेष्ठले आलोचनात्मक समिक्षा गर्नुभएको थियो ।

जापानस्थित नेपालि राजदुतावासका उपनियाेगप्रमुख कृष्णचन्द्र अर्यालले नेपालीहरु बिदेशमा आधारभुत आवश्यकताका बिषयमा समेत गम्भिर नहुँदा हरेक क्षेत्रबाट निराश भैरहँदा केही गर्वगर्न लायक ब्यक्तित्वहरुले देशको साख कायम गरिरहेको कुरा बताउँनु भएको थियो ।
भने जापानकालागी नेपाली राजदुत प्रतिभा राणाले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाउँदै कृतिकारलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले , गैर आवासिय नेपाली संघका प्रवक्ता भुषण घिमिरे तथा सदस्य ओम गुरुङ् लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

साहित्यकारहरु गिरिजा गैरे भुवन रोका र दीपा घिमिरेले साहित्यिक रचना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम गैर आवासिय नेपाली संघ जापानका महासचिब बुद्धिराज घिमिरेको संचालन बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारीको धन्यवाद मन्तब्य र अध्यक्ष टासि वाङ्दी लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -