Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:००:५९ बिहान
- ADVERTISEMENT -

जागरण अभियानले सङ्गठनलाई अझ बलियो र प्रभावकारी बनाउँदै जनस्तरमा लैजान थप उत्साह

प्रकाशित मिति: २०७६ असार १३, शुक्रबार

745
Shares

काठमाडौं, १३ असार २०७६ । नेपाली काङ्ग्रेसका नेताहरुले जागरण अभियानले सङ्गठनलाई अझ बलियो र प्रभावकारी बनाउँदै जनस्तरमा लैजान थप उत्साह थपेको बताएका छन् ।

पार्टीले वैशाख २५ देखि जेठ २५ सम्म देशभर सञ्चालन गरेको ‘हिमाल, पहाड, तराई–मधेस’ राष्ट्रिय जागरण अभियान’मा खटिएका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तर्क्रियाका सहभागीले अभियानले पार्टीलाई थप ऊर्जा प्रदान गरेको बताएका हुन् ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले जागरण अभियानले पार्टी सङ्गठन विस्तारमा थप बल पुऱ्याएको दाबी गरे । विसं २०४८ पछि पार्टीले पहिलोपटक जागरण अभियान सञ्चालन गरेको भन्दै उनले जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिको राय सुझावलाई ग्रहण गरेर आगामी दिनमा पार्टी अगाडि बढ्ने बताए ।

जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिले दिएको राय सुझावबारे आगामी केन्द्रीय समितिको बैठकमा छलफल गरिने पार्टीका अन्य शीर्षस्थ नेताहरूले अभिब्यक्ति दिए ।

हिजो बुधबारबाट शुरु भएको छलफल तथा अन्तक्र्रियामा बुधबार २६ तथा आज (बिहीबार) ५४ केन्द्रीय प्रतिनिधिले आफ्नो राय सुझाव प्रस्तुत गरेका थिए । बैठकमा पार्टीको संरचना तल्लो तहसम्म लैजानुपर्ने, पार्टीभित्रको आन्तरिक विवाद तत्काल टुङ्ग्याउनुपर्ने, सरकारको गलत क्रियाकलापलाई जनतासम्म लैजानुपर्ने लगायतका विषयमा छलफल भएको पार्टीबाट केन्द्रीय प्रतिनिधिका रुपमा गोरखा खटिनुभएका नेता रामचन्द्र पोखरेलले जानकारी दिए ।

अभियानका क्रममा काङ्ग्रेसले एक महीनासम्म सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजारभन्दा बढी बैठक, भेला, सभा, ¥याली, विचार–बहसलगायत कार्यक्रम गरेको थियो ।

काङ्ग्रेसले दोस्रो चरणको जागरण अभियान भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको जागरण अभियान पुस ७ देखि १६ सम्म सञ्चालन गरिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -