Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५१:२२ बिहान
- ADVERTISEMENT -

राउटे समुदायका मुखिया र युवा पाँचौँ गाउँपालिकाको गाउँसभामा सहभागी

प्रकाशित मिति: २०७६ असार ११, बुधबार

1431
Shares

दैलेख, ११ असार २०७६ । दैलेखको गुराँस गाउँपालिकाले स्थायी परिचयपत्र प्रदान गरेर गाउँपालिकाको नागरिक बनाएको लोपोउन्मुख राउटे समुदायका मुखिया र युवा पहिलोपटक गाउँसभामा सहभागी भएका छन् ।

राउटे समुदायका मुखिया र युवा पाँचौँ गाउँपालिकाको गाउँसभामा सहभागी हुन रानीमत्ता आएका थिए । राउटे समुदायलाई पनि बजेटमा अपनत्व कायम गराउन सभामा सहभागी गराइएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए ।

सभामा बोल्दै राउटे मुखिया सूर्यनारायण शाहीले आफ्ना जनताका लागि पनि बजेट विनियोजन गराउन माग गरे । ‘राउटे परिवर्तनको बाटोमा हिँडेको छ, विस्तारै परिवर्तन हुन्छ,’ मुखिया शाहीले भने, ‘पूर्खादेखि गर्दै मान्दै आएको परम्परा हामी एकैचोटि छोड्न सक्दैनौँ, सबै परिवर्तन बिस्तारै हुन्छ ।’

अर्का महामुखिया महिनबहादुर शाहीले राउटे समुदाय फिरन्ते भएको हुँदा दैलेखका विभिन्न ठाउँमा घुमे पनि अब दैलेखबाहेक अन्य जिल्लामा नजाने बताए । अध्यक्ष ओलीले राउटे समुदायको कला–संस्कृतिलाई जगेर्ना गर्दै उनीहरूको संस्कृति जोगिने खालको बजेट व्यवस्था गरिने सो अवसरमा बताए । उनले राउटे समुदायको संरक्षणका लागि आफूले धेरै प्रयास थालेको जानकारी दिए ।

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले उक्त गाउँपालिकाले राउटे समुदायलाई गरेको कार्य प्रसंशायोग्य रहेको बताए । धेरै व्यक्तिले राउटेका पछाडि लाग्नु गलत भने पनि यसको दिगो फाइदा समग्र प्रदेशलाई हुने उनको धारणा छ । उनले राउटे समुदायको संस्कृति, परम्परा र वेशभूषा जोगाउनुपर्नेमा जोड दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -