Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०९:०९ बिहान
- ADVERTISEMENT -

नक्कली मायामा साढे ४ लाख स्वाहा

प्रकाशित मिति: २०७६ असार ११, बुधबार

1023
Shares

काठमाडौँ, ११ असार २०७६ । दोलखा शैलुङका २४ वर्षीय हरिबहादुर कार्कीलाई सुन्दर तस्बिर भएकी अपरिचित केटीले साथी बनाउन अनुरोध पठाइन् । नेपाली सेनाका जवान कार्की राम्री केटीको फोटो देखेर मख्खै परे । उनलाई गाउँकै कल्पना बस्नेत भुजेलले फेसबुक म्यासेन्जरबाट उकासिन, केटी राम्री छे । अघि बढ्दा हुन्छ ।

केटीले औधी मन पराउने कुरा कल्पनाले बताएपछि अविवाहित हरि मख्ख परे । उनीहरुबीच केही महिनासम्म लगातार सामाजिक सञ्जाल र फोनमा कुरा भयो ।

मायाप्रिती चलिरहेकै बेला एक दिन कल्पनाले सुनको लकेट ल्याएर हरिलाई दिँदै भनिन्, ‘तिम्री मायालुले पठाइदिएको ।’ मायालुबाट उपहार पाएपछि हरि त्यसै खुसी भए । माया झागिँदै गएका बेला एकदिन कल्पनाले भनिन्, ‘तिमीलाई माया गर्ने केटी दुर्घटनामा परी घाइते भएर अस्पतालमा उपचार गराइरहेकी छे । उपचार खर्च पठाइदिनुस् ।’ हरिले केही नसोची पटक–पटक गरेर मनी ट्रान्सफरमार्फत् ४ लाख ५५ हजार रुपैयाँ उपचार खर्च पठाइदिए । खर्च पठाइरहे पनि उनले माया गरेकी केटीसँग कुरा गर्न पाएनन् । हरिले एकदिन कल्पनालाई भने, ‘माया गर्ने केटीलाई भेट्नुपर्‍यो ।’ त्यसपछि कल्पना तर्किन थालिन् । कल्पनाले एकदिन सुनाइन्, ‘तिमीलाई माया गर्ने केटीको त उपचारको क्रममा भारतमा मृत्यु भयो ।’

त्यसपछि हरिलाई लाग्यो, कतै मायाको खेल नक्कली त थिएन । हरिले महानगरीय प्रहरी अपराध महाशाखामा घटनाको विवरण टिपाए । प्रहरी अनुसन्धानबाट खुल्यो, २३ वर्षीय कल्पनाले नै नक्कली फेसबुक आइडी खोलेर हरिसँग मायाको नाटक पनि गर्ने दोहोरो भूमिका खेलेकी रहिछन् । महाशाखाका एसपी सुशीलसिंह राठौरले यो ठगीको अनौठो घटना भएको सुनाए ।

राठौरका अनुसार कल्पनाले ठग्नकै निम्ती सुनजस्तै देखिने नक्कली सिक्री किनेर मायालुले पठाइदिएको भनेर हरिलाई दिएको तथ्य खुलेको बताए । प्रहरीले कल्पनालाई भक्तपुरको बालकोटबाट पक्राउ गरी ठगी मुद्दामा कारबाही अगाडि बढाएको छ ।

गत शनिबारमात्रै प्रहरीले फेसबुकमार्फत् नक्कली मायको नाटक रची भारतीय नागरिक जैन श्रीपालसँग २३ लाख ठगेको आरोपमा महोत्तरी औरी नगपालिका १ घर भई काठमाडौंको नरेफाँटमा बस्ने २१ वर्षीय युवती डायन सेकेन्डलाई पक्राउ गरेको थियो । यी दुवै घटनामा देखिने समानता भनेको, सामाजिक सञ्जालको प्रयोग र मायाको नाटक गरी पैसा धुत्ने खेल देखिन्छ ।

डायनले आफू सिंगापुरे नागरिक भएको बताउँदै भारत महाराष्ट्रका ३८ वर्षीय जैनसँग प्रेमको नाटक गरी काठमाडौं बोलाएर त्यतिका धेरै रकम ठगी गरेकी थिइन् । महाशाखाका एसएसपी सहकुल थापाले पछिल्ला घटनाहरुले ठगीको नयाँ प्रवृत्ति बढिरहेकोतर्फ संकेत गरेको बताए । उनले भने, ‘सामाजिक सञ्जाललाई हतियार बनाएर छिटो धनी बन्न खोज्ने प्रवृत्तिले अपराध जन्माइरहेको छ ।’ कान्तिपुर दैनिक

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -