Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४०:०९ बिहान
- ADVERTISEMENT -

सांसद गगन थापाको अगुवाइमा : स्तन र पाठेघरको मुख क्यान्सरको निःशुल्क जाँच

प्रकाशित मिति: २०७६ असार ६, शुक्रबार

870
Shares

काठमाडौं, ६ असार २०७६ । पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका सांसद गगन थापाको अगुवाइमा जीवन बचाउने अभियानअन्तर्गत शनिबार पुतलीसडस्थित अरबिट इन्टरनेसनल एजुकेशन परिसरमा स्तन र पाठेघरको मुख क्यान्सरको निःशुल्क जाँच शिविर हुने भएको छ ।

शिविर बिहान १० देखि ३ बजेसम्म सञ्चालन हुनेछ ।

सांसद थापाको अगुवाईमा काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा जीवन बचाउने अभियानअन्तर्गत हरेक शनिबार स्वास्थ्य शिविरको कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ ।

शिविरअन्तर्गत पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क परीक्षण हुँदै आइरहेको छ । यो अभियानअन्तर्गत १० वटा शिविर उक्त वडाका विभिन्न स्थानमा हुनेछ ।

पहिलो शिविर मैतिदेवी मन्दिर पछाडि भइसकेको छ भने दोस्रो शिविर सांसद थापाको कार्यालय ज्ञानेश्वरमा भएको थियो। यस्तै तेस्रो शिविर कालोपुलमा भएको थियो ।

यसअघि भएका तीनवटा शिविरमध्ये ज्ञानेश्वरमा भएको शिविरमा एक सय १० जनाको निशुल्क जाँच गरिएको थियो । जसमध्ये ४ जनामा समस्या भेटिएको छ । समस्या देखिएकाहरुको समस्या समाधानका लागि आयोजकले सहयोग गर्ने छन्।

मैतिदेवीमा भएको शिविरमा १ सय ८० जनाले सेवा लिएका थिए। जसमध्ये १४ जनामा समस्या देखिएको छ ।

यस्तै कालोपुलमा भएको शिविरमा १ सय ४४ जनाले सेवा लिएका छन्। जसमध्ये ३ जनामा समस्या देखिएको शिविरका कोअर्डिनेटर दिपेश तामाङले जानकारी दिए।

शिविरको मेडिकल सहयोगी नेपाल क्यान्सर रिलिफ सोसाइटी रहेको छ। शिविरलाई कामना सेवा विकास बैंक, मानव स्वास्थ्य र काठमाडौं महानगरपालिका वडा नम्बर ३०ले पनि सहयोग गरेको छ।

काठमाडौं निर्वाचन क्षेत्र नं ४ को संसदको कार्यलयमार्फत सांसाद थापाले यो अभियान सञ्चालनमा ल्याएका हुन्। शिविरसँगै सो वडाका प्रत्येक घरको स्वास्थ्य स्थिति सर्वे पनि हुँदै आएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -