काठमाडौं, २ असार २०७६ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले संसदमा आफ्नो पार्टीको प्रतिनिधित्व हुनु पर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर निर्वाचन अघिको ३ बुँदे सहमति कार्यान्वयन गर्न उनले ध्यानाकर्षण समेत गराएका छन् ।
उनले ओलीलाई भेटेर नेपाल परिवार दलले संचालन गरेको राष्ट्र जागरण अभियानको बारेमा जानकारी तथा तत्कालिन नेकपा एमाले र नेपाल परिवार दल बीच भएको ३ बुदे सहमतिको कार्यन्वयनको लागि ध्यानाकर्षण गराएका ढकालका नीजि सचिब जितेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।
परिवार दलले उक्त बिषयमा नेकपा का अर्का अध्यक्ष पुष्प कमल दाहाललाई पनि ध्यानाकर्षण गराउने बताएको छ। गत निर्बाचनको बेलामा परिवार दलले तीन बुदे सहमति गरि वाम गठबन्धनलाइ सघाएको थियो ।
सहमतिमा परिवार दलको संसदमा प्रतिनिधित्वको सुनिश्चित गरिने उल्लेख भएको दावी छ ।








































