Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४४:१३ बिहान
- ADVERTISEMENT -

“गुठी विधेक फिर्ता नलिए सरकारले ठूलो मुल्य चुकाउनु पर्छ” :-डा.कोइराला

प्रकाशित मिति: २०७६ जेठ ३२, शनिबार

1696
Shares

काठमाडौँ, ३२ जेठ २०७६ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले संविधानसँग बाझिने गरी ल्याईएको गुठी सम्बन्धी बिधेयक तत्कालै फिर्ता हुनुपर्ने बताउँदै जबर्जस्ती संसदबाट पारित गराउन खोजिए कांग्रेसले संसद र सडकबाट सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् ।जनविरोधी गुठी विधेयक र मिडिया विधेयक तत्कालै फिर्ता नलिए सरकारले ठूलो मुल्य चुकाउनुपर्ने उनले बताए ।

डा.कोइरालाले सरोकारवालासँग छलफल बिना नै गुठीको सम्पती हरण गर्ने मनसायले यो विधेयक ल्याएर कम्युनिष्ट सरकारले धर्म, संस्कृति, र जनताको आस्था माथी आक्रमण गरेको बताउनु भयो । गुठी विधेयकको आडमा सरकारले जातिय द्वन्द्व निम्त्याउन खोजेको पनि बताउनु भयो  ।

‘भू माफिया, मन्त्रिहरु र कर्मचारिको मिलेमतोमा यो विधेयक ल्याइएको छ,’ डा कोइरालाले भने, ‘यदि यो गुठी विधेयक संसदबाट पास भए नेपाल भन्ने शब्द मात्रै रहन्छ । धर्म संस्कृति, परम्परा र मौलिकता सबै समाप्त हुन्छ । त्यसकारण यो विधेयक कुनै पनि हालतमा पास हुन दिदैनौं । सरकारलाई यति मात्र भन्छु ।’काभ्रे कांग्रेसले बनेपामा आयोजना गरेको राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा.कोइरालाले गुठी धर्म, संस्कृति, पुरातात्विक सम्पदा र आस्थाको धरोहर भएको पनि बताउनु भयो ।

कार्यक्रममा काभ्रे कांग्रेसका सभापति मधु आचार्य, पुर्वराज्यमन्त्री कञ्चन बादे, पुर्व सांसदहरु तिर्थ लामा र हर्षजित लामा, क्षेत्रिय सभापतीहरु महेश खरेल र रमेश हुमागाईं, प्रदेससभा उम्मेदवारहरु गणेश लामा र सिबी लामालगायतले सरकार बर्बर निरंकुशतातर्फ अगाडी बढेको बताउनु भयो । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -