Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४४:०५ बिहान
- ADVERTISEMENT -

नेवा राज्य बनाउँछु भन्थे, अहिले त गुठी नै भत्काउन थाले – प्रदीप पौडेल

प्रकाशित मिति: २०७६ जेठ ३१, शुक्रबार

1376
Shares

हेटौडा, ३१ जेठ २०७६ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेवा राज्य बनाउँछु भन्नेहरुले नै अहिले गुठी भत्काउन थालेको आरोप लगाएका छन् ।

हेटौंडामा शुक्रवार पत्रकारहरुसँगको भेटमा नेता पौडेलले विगतमा गुलिया सपना देखाउनेहरुको तितो व्यवहारबाट आम जनता आजित भएको धारणा राखे । पौडेलले गणतन्त्र ल्याउन ठूलो योगदान दिएका राजधानीका नेवार समुदायको भावनमा गम्भीर कुठाराघात गर्दे सरकारले गुठी विधेयक ल्याएको टिप्पणी गरे । गुठी विधेयकले प्राचिन संस्कृति तथा सम्पदामा गम्भीर हमला गर्ने भएकाले तत्काल फिर्ता लिन उनले ध्यानाकर्षण गराए ।

“गुठी विधेयक विरुद्धको आन्दोलनले सरकार ढल्ने भन्दा पनि सरकारको गलत रवैयाका कारण वर्तमान संविधानमै बुहसंख्यकको अनास्था उत्पन्न हुने चिन्ता बढेको छ” पौडेलले भने । गुठीलाई सामन्तवादको स्वरुप भन्ने सरकारी प्रवक्ताको अभिव्यक्तिको कडा प्रतिवाद गर्दै पौडेलले विगतका घटनाक्रम स्मरण गराउँदै सांस्कृतिक क्षेत्रमा अनावश्यक हस्तक्षेप नगर्न चुनौति दिए । बेग्लै प्रसंगमा पौडेलले दुई तिहाईको वर्तमान सरकार दिनप्रतिदिन निरिह हुँदै गएको टिप्पणी गरे ।

“यातायात भाडा वृद्धिको निर्णयमा पाँच घण्टा पनि टिक्न नसक्ने सरकारबाट जनताले के अपेक्षा गर्ने” पौडेलले प्रश्न गरे । राजपत्रमा प्रकाशित भइसकेको सार्वजनिक खरिद नियमावलीलाई केही हप्तामै संशोधन गरेर सरकारले आफूलाई अत्यन्त कमजोर प्रमाणित गरेको उनको भनाइ थियो । अन्यत्र कहीँ पनि एकपटक राजपत्रमा प्रकाशित भएको नियमावली यति छिटो संशोधन नभएको उदाहरण दिँदै पौडेलले सरकार चलाउनु भाँडाकुटी खेल्नु नभएको धारणा राखे ।

प्रेस स्वतन्त्रतामाथि यस अघि नै धावा बोलिसकेको सरकारले अभिव्यक्ति स्वतन्त्रता पनि कुण्ठित पार्न खाजेको उनको भनाइ थियो । बजेट भाषण लगत्तै सबै अत्यावश्यक वस्तुमा अचाक्ली मूल्यवृद्धि भएको भन्दै उनले “समृद्ध नेपाल सुखी नेपाली” को नारा घन्काउने सरकारले जनतालाई पाइला पाइलमा आहत पारेको आरोप लगाए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -