Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३७:१२ दिउँसो
- ADVERTISEMENT -

सहिद परिवारबाट लखेटिए रास्वापाका चुनावी कमान्डर आचार्य

प्रकाशित मिति: २०८२ फागुन १४, बिहीबार

98
Shares

गोरखा- सहिद कोपिला कुमाल (दीपा) का पिता गोरेबहादुर कुमालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा गोरखा क्षेत्र नम्बर २ का चुनावी कमान्डर हरिशरण आचार्यप्रति असन्तुष्टि जनाएका छन्।

रास्वपाका सभापति रवि लामिछाने गोरखा आएका दिन गोरखा नगरपालिका–१२ मा आयोजित घरदैलो कार्यक्रमका क्रममा सहिद परिवार र आचार्यबीच विवाद भएको बताइएको छ। स्थानीयका अनुसार घरदैलोको क्रममा सहिद परिवारले आचार्यप्रति आक्रोश व्यक्त गरेका थिए।

आचार्य तत्कालीन जनयुद्धका समयमा माओवादी आन्दोलनसँग जोडिएका नेता हुन्। उनी पछि नयाँ शक्ति पार्टीमा आवद्ध भई डा. बाबुराम भट्टराई निकट रहेर २०७४ सालमा गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए। पछिल्लो समय भने उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध छन्।

सहिद कोपिला कुमालका पिता गोरेबहादुर कुमालका अनुसार उनकी छोरीलाई तत्कालीन समयमा आचार्यसहितका नेताहरूले माओवादी आन्दोलनमा प्रवेश गराएका थिए। ‘उहाँहरूकै आग्रह र प्रेरणाले मेरी छोरी आन्दोलनमा सहभागी भएकी थिइन्,’ उनले भने।

तर पछिल्लो समय नेताहरूले बारम्बार पार्टी परिवर्तन गर्दै हिँडेकोप्रति उनले असन्तुष्टि जनाए। ‘आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउन सबै एकजुट हुनुपर्ने बेला नेताहरूले हरेक दिनजसो पार्टी फेर्ने गरेका छन्,’ उनको भनाइ छ। यही कारण आफूले आपत्ति जनाएको उनले बताए।

यता रास्वपाका नेता हरिशरण आचार्यले भने घटनालाई अतिरञ्जित गरिएको दाबी गरेका छन्। उनले कुनै किसिमको दुर्व्यवहार वा लखेटिएको जस्तो अवस्था नभएको स्पष्ट पारे।

‘म आन्दोलनबाट उदाएको नेता हुँ, यो सबैलाई थाहा छ। पछिल्लो समय माओवादी पार्टीको अवस्था र रूपान्तरणका विषयमा शुभेच्छुकहरूले प्रश्न उठाउनु स्वाभाविक हो। सोही सन्दर्भमा सामान्य छलफल मात्र भएको हो,’उनले भने।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -