Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५६:४१ दिउँसो
- ADVERTISEMENT -

प्रदेश सरकारमा तीन मन्त्री भए पुग्छ : प्रदीप पौडेल

प्रकाशित मिति: २०८२ पुस १, मंगलबार

122
Shares

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा तीन मन्त्री भए पुग्ने बताएका छन् । मंगलबार (पुस १) राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपालको प्रशासनिक संरचनालाई पूर्ण रूपमा डिजिटलाइज गर्नुपर्नेमा उनले जोड दिए । संघीयतालाई कम खर्चिलो बनाउन डिजिटलाइजेसन गर्नुपर्ने उनको भनाइ छ ।

उनले प्रदेशमा मुख्यमन्त्री, वित्तीय र प्रशासनमन्त्री भए पुग्ने बताए । संघीयता हटाउनु समाधान नभई छरितो बनाउनु आजको आवश्यकता भएको उनले औँल्याए ।

संघीयता छरितो बनाउन चालु खर्च घटाउनुपर्नेमा उनले जोड दिए । चालु खर्च कम गर्न सरकारी संरचनालाई डिजिटलाइजेसन गर्नुको विकल्प नभएको उनले बताए । प्रशासनिक संरचनालाई पूर्ण रूपमा डिजिटलाइज गर्न सके नेपालको चालु खर्च दुईतिहाइ कटौती हुने उनले जिकिर गरे ।

प्रविधिको प्रयोगलाई सिर्जनात्मक रूपमा प्रयोग गर्न कानुनी स्पष्टता जरुरी रहेको उनले बताए । कानुन निर्माण गर्दा नागरिकको स्वतन्त्रता हनन हुने गरी गर्न नहुनेमा उनले जोड दिए ।

प्रदीप पौडेलको भनाइ पढ्नोस्–
हामीले संघीयता एकदमै बोझिलो भयो भनेर भनेका छौँ । संघीयता एकदमै बोझिलो भयो, त्यसकारण यसलाई हटाउनुपर्छ, त्यो समाधान होइन । संघीयतालाई छरितो बनाउनेचाहिँ समाधान हो । संघीयतालाई छरितो बनाउन चालु खर्च घटाउनुपर्‍यो । प्रदेश सरकार एउटा मुख्यमन्त्री, एउटा वित्तीयमन्त्री र एउटा/एउटा प्रशासनमन्त्री तीनजनाको मन्त्री मात्रै भए हुन्छ । यत्रो म्यानुअल्ली काम गर्नुपर्ने यत्रो ठूलो संरचना आवश्यक छैन । हामीले नेपालको प्रशासनिक संरचनालाई पूर्ण रूपमा डिजिटलाइज गर्‍यौँ भने नेपालको चालु खर्चको दुईतिहाइ कटौती हुन्छ । विकास, समृद्धिसँग यो पक्ष अभिन्न ढंगबाट जोडिएको छ । नागरिक स्वतन्त्रतासँग अभिन्न ढंगबाट जोडिएको स्थिति छ । त्यसैले यसलाई क्रिएसनमा कसरी प्रयोग गर्ने त्यसको कानुनी प्रष्टता जरुरी छ । यसबाट केही नकारात्मक विषयहरू पनि आएका छन् । यसलाई दुरुपयोग पनि गरिएको छ । दुरुपयोग हुन नदिनको लागि नियन्त्रण गर्न खोजियो भने त्यो स्वतन्त्रता खोसिएको मानिनुपर्दछ । स्वतन्त्रता खोसेर छिटपुट दुरुपयोग गरिने कुरा बन्द गर्न मिल्दैन । दुरुपयोग गरिने कुरालाई बन्द गर्न अझ यसलाई खुला, फराकिलो र एकदमै स्वतन्त्रताको ग्यारेन्टी गरेर गर्न सकिन्छ । न्युज एजेन्सी नेपाल

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -