आज बिहान साढे ८ बजेका लागि आह्वान गरिएको मधेश प्रदेशसभाको बैठक स्थगित भएको छ । निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो गरी सुरु भएको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव उपस्थित नहुँदा प्रदेशसभाको बैठक स्थगित भएको हो ।
मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने बताएपछि आजका लागि प्रदेशसभा बैठक बोलाइएको थियो ।
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि यादवले आज विश्वासको मत लिने बताएका थिए । मधेश प्रदेशका मुख्यमन्त्री यादवले आफूले प्रदेशसभाबाट विश्वासको मत जित्ने दाबी गरेका छन् ।








































