Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१९:०८ दिउँसो
- ADVERTISEMENT -

नेकपाको सभामा भीम रावलले ‘एमालेले बहुमत ल्याउँछ’ भनेपछि…

प्रकाशित मिति: २०८२ मंसिर १४, आइतबार

102
Shares

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आइतबार (मंसिर १४) कास्कीको पोखरामा एकता सन्देशसभा आयोजना गर्‍यो । सभामा नेकपाका शीर्ष नेताहरूले सम्बोधन गरे ।

पोखराको मानवअधिकार चोकमा आयोजित सभामा बोल्ने क्रममा नेकपाका नेता भीम रावलले भुलवश ‘नेकपा (एमाले)’ उच्चारण गरे । उनले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनमा ‘एमालेले बहुमत ल्याउने’ बताए । तत्कालै उनले त्यसलाई सुधार गरेर नेपाली कम्युनिस्ट पार्टीलाई कसैले रोक्न नसक्ने उल्लेख गरे ।

“यो पोखराको चिप्लेढुंगामा म धेरै वर्षपछि तपाईंहरूको बीचमा उपस्थित हुन पाउँदा, जुन मैले धनगढीमा, लमहीमा आज यस्तो विशाल जनसभा देखेँ,” उनले भने ।

यति भनेर उनले अगाडि थपे, “मलाई पूर्ण विश्वास छ, आउने निर्वाचनमा नेकपा (एमाले)को बहुमतलाई, नेकपा (एमाले)को यात्रालाई कसैले रोक्न सक्ने, छेक्न सक्ने छैन । नेपाली कम्युनिस्ट पार्टीलाई कसैले रोक्न सक्ने, छेक्न सक्ने छैन ।”

उनले यति भनिसक्दा सभामा उपस्थिति केही व्यक्तिले ताली बजाएको सुनिएको थियो ।

उनले त्यसअघि भनेका थिए, “हामीलाई साथ दिनुस्, हामी तपाईंलाई यो समृद्ध नेपाल निर्माणको दिशामा दृढतापूर्वक नेतृत्व गर्छौं भनेर आज मलाई विश्वास छ, हामीले सबैले संकल्प गरेका छौँ ।”

रावलले लामो राजनीतिक जीवन एमालेमा बिताए । पछि उनलाई पार्टी कारबाही गरिएको थियो । त्यसपछि निष्क्रियजस्तै बनेका उनी हालै नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

विभिन्न दल/समूह मिलाएर गएको कात्तिक १९ गते नेपाली कम्युनिस्ट पार्टी गठनको घोषणा गरिएको थियो । नेकपामा उनी कात्तिक २६ गते प्रवेश गरेका हुन् ।

नेकपाले यसअघि दाङको लमही र कैलालीको धनगढीमा एकता सन्देशसभा आयोजना गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -