Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५३:४४ दिउँसो
- ADVERTISEMENT -

कांग्रेस महाधिवेशन : इतरपक्षका शेखर, गगन र विश्वप्रकाशको आपसी विवादले मिलेन कुरा

प्रकाशित मिति: २०८२ कात्तिक ३०, आइतबार

145
Shares

 नेपाली कांग्रेसमा महाधिवेशन केन्द्रित विवाद चर्किँदै गएपछि सभापति शेरबहादुर देउवा सक्रिय भएका छन् ।

सिंगापुरमा १८ दिनको उपचार सकेर फर्किएलगत्तै उनले शनिबारदेखि नेताहरूलाई भेटेर विवाद समाधानको पहल थालेका हुन् ।

उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएकाले देउवा औपचारिकभन्दा अनौपचारिक रूपमा छलफलमा जुटिरहेका छन् ।

शनिबार बिहान खड्काले एक महिने केन्द्रीय समिति बैठकमा उठेका मतभेदबारे देउवालाई ब्रिफिङ गरेपछि देउवाले प्रवक्ता डा। प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदलगायतसँग भेट गरी मिलेरै अघि बढ्न सुझाएका हुन् ।

देउवाले आइतबार संस्थापन पक्षका सात पूर्वपदाधिकारी विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा। शशांक कोइराला र डा। महतसँग पनि भेट्ने तयारी गरेका छन् ।

उनीहरू प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

तर, डा। शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्माको समूह भने निर्वाचनअघि नै महाधिवेशन हुनुपर्नेमा अडिग छ ।

यही मतभेदले असोज २८ गतेदेखि केन्द्रीय समिति बैठक निष्कर्षहीन बनेको छ ।

शनिबार देउवाले मिलेर अघि बढ्न सुझाएपछि कार्यवाहक सभापति खड्काले हिमालय होटलमा गगन थापा, विश्वप्रकाश शर्मा, महेन्द्र यादव, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, रमेश

लेखक र धनराज गुरुङसँग चर्चा गरे पनि सहमति जुट्न सकेन र विवाद यथावत् रहेको सहभागी एक नेताले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -