Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३८:३१ दिउँसो
- ADVERTISEMENT -

विशेष महाधिवेशनको नेतृत्व लिन शेखर कोइरालालाई आग्रह

प्रकाशित मिति: २०८२ कात्तिक १७, सोमबार

141
Shares

देशव्यापी रूपमा विशेष महाधिवेशनको मागसहित हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको नेपाली कांग्रेसको एक समूहले नेता डा. शेखर कोइरालासँग विशेष महाधिवेशनको नेतृत्व लिएर वातावरण बनाउन आग्रह गरेको छ।

सोमबार बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा पुगेको ‘डेलिगेसन’ समूहले कोइरालासँग भेट गरी पार्टीभित्र विशेष महाधिवेशन आवश्यक भएको बताउँदै त्यसको वातावरण निर्माणमा अग्रसर हुन अनुरोध गरेको हो।

भेटमा सहभागी नेता मनोजमणि आचार्यका अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने प्रयास सफल नहुनुको कारणबारे पनि उनीहरूले गुनासो गरेका थिए।

‘हामीले उहाँलाई भन्यौं- तपाईंलाई मतदान गर्ने प्रतिनिधिहरूले समेत हस्ताक्षर गरेका छन् तर त्यो विषय किन बैठकमा प्रवेश गर्न सकेन? अब तपाईंले नै नेतृत्व गरेर विशेष महाधिवेशनको वातावरण बनाउनुपर्छ,’ आचार्यले भने।

उनका अनुसार डा.कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन वा आवश्यक परे विशेष महाधिवेशनबारे आफूले समन्वय गरिरहेको बताए।

‘म पार्टीलाई एक बनाउन चाहन्छु। विशेष महाधिवेशनका माध्यमबाट नियमित महाधिवेशनतर्फ लैजाने वा दुवै विषयलाई एउटै प्रस्तावमा समेट्ने प्रयासमा छु,’ कोइरालाको भनाइ उद्धृत गर्दै आचार्यले भने।

नेता गुरुराज घिमिरेले पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा.कोइरालालाई भेट्ने योजनाअनुसार नै टोली विशालनगर पुगेको बताए। ‘हामीले कार्यवाहक सभापति र शेखर दाइ दुवैसँग छलफल गर्ने योजना बनाएका थियौं, त्यसअनुसार भेट भएको हो,’ उनले भने।

उनका अनुसार भेटमा डा.कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने, त्यस सम्भव नभए केन्द्रीय कार्यसमितिले आफैँ विशेष महाधिवेशन बोलाउनुपर्ने धारणा राखेका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -