कपा (एमाले)का पोलिटब्युरो सदस्य ठाकुर गैरेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न आग्रह गरेका छन् । ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टी रुपान्तरणको मुद्दालाई नेतृत्वको विरोधको रुपमा नबुझ्न आग्रह गरेका छन ।
उनले अहिलेको राजनीतिक परिस्थितिको ठोस विश्लेषण गर्न आग्रह गर्दै बैठकमा प्रस्तुत प्रस्ताव पूरा गर्नुपर्ने बताएका छन् ।
नेता गैरेले संविधान संशोधनको कुरा गरिरहे पनि ठोस निर्णय नहुनुले एमालेको स्पष्ट मार्ग नदेखिएको संकेत गरे ।








































