Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१९:१४ बिहान
- ADVERTISEMENT -

अहिले कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन : झलनाथ खनाल

प्रकाशित मिति: २०८२ असोज २६, आइतबार

178
Shares

 नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अहिले कुनै पार्टीसँग एकता गर्ने बेला नरहेको बताएका छन् । जेनजी आन्दोलनका क्रममा आगोमा जलेर घाइते भएकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारका क्रममा दिल्लीमा रहेका खनालले अहिले पार्टी पुनर्गठन र रूपान्तरण समय रहेको बताएका छन् ।

“सबैतिर सर्वत्र पुनर्गठन र रूपान्तरणको माग उठिरहेको छ । यो युगको माग हो, यो समयको माग हो, यो जनताको माग हो र यो सिंगो राष्ट्रको मागसमेत हो । यो फगत पुस्तावादको माग होइन, सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन र रूपान्तरणको माग हो,” उनले भनेका छन्, “त्यसलाई अस्वीकार गरेर कोही अघि जान सक्दैन । कमरेडहरू, यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन ।”

एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच एकताको चर्चा हुँदै आएका बेला खनाल विपक्षमा उभिएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सत्तामा रहेका र सत्तामा सहभागी सबै पार्टीका नेतृत्वले मुलुकलाई सही दिशा दिन नसकेकामा जिम्मेवारी लिनैपर्ने बताएका छन् ।

“मुलुकलाई सही दिशा दिने भनेको राजनीतिले र आजको अवस्थामा राजनीतिक पार्टीले नै हो । हामी अहिले बहुदलीय प्रणालीमा छौँ । दलबाहेक कसैले पनि जनता र मुलुकलाई सही बाटो देखाउन सम्भव हुँदैन । त्यसमाथि वामपन्थी दलले नै आमजनता र राष्ट्रलाई सही मार्ग देखाउनुपर्ने हो,” उनले भनेका छन् ।

उनले एमालेबाट चार वर्षअघि गरिएको विद्रोहको समीक्षा गर्नुपर्ने पनि उल्लेख गरेका छन् । “ठिक बेठिक के गर्‍यौँ, दुध र पानी छुट्याऊँ । हामीले नवौँ राष्ट्रिय महाधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऊँ । हाम्रै पार्टी भित्रका युवाहरूको आवाज अनुरूपसमेत पार्टीलाई सही वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तका आधारमा पुनर्गठन गरौँ, पार्टीलाई आमूल परिवर्तनकारी र नेपाली विशेषताको समाजवादका निम्ति दृढ संकल्पित पार्टीमा रूपान्तरण गरौँ, यही दिशाका आधारमा सकेसम्म सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरूलाई गोलबन्द गरौँ,” खनालले भनेका छन् ।

उनले आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनको तयारीमा अघि बढ्नुपर्ने बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -