नेपाली कांग्रेसका महामन्त्रीहरूले विशेष महाधिवेशनको माग गर्दै चलाएको हस्ताक्षर संकलन अभियानअन्तर्गत नेपाली कांग्रेस गोरखाले पनि आफ्नो समर्थन हस्ताक्षर बुझाएको छ।
महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कांग्रेसका महामन्त्री गगन थापालाई गोरखा जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा भेटेर बुझाएका हुन्।
गोरखाका ५१ जना महाधिवेशन प्रतिनिधिमध्ये ४२ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको सभापति न्यौपानेले जानकारी दिएका छन्।








































