नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ८ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ। माओवादी बागमती प्रदेश सभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेललाई ज्ञापनपत्र बुझाएका हुन्।
माओवादीले प्रदेश सभाको बैठक तत्काल बस्ने व्यवस्था मिलाउन माग गरेको छ।
ज्ञापनपत्रमा भनिएको छ, ‘देशको बदलिदो परिस्थितिको चुनौतिलाई मध्यनजर गर्दै चालू खर्च कटौती गर्न, सुशासन कायम गर्न र सरकारलाई प्रभावकारी बनाउन प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलको संकल्पसहित प्रदेश सरकारको मन्त्रालयको संख्या १४ बाट घटाई ७ कायम गर्ने र कार्य जिम्मेवारी कम भएका निर्देशनालय, परिषद्, प्रतिष्ठान, आयोगजस्ता संरचनाहरू खारेज गर्नुपर्ने।’
जेनजी आन्दोलनका कारण प्रदेशमा पुगेको सबै प्रकारको क्षतिको अविलम्ब मूल्यांकन गरी सार्वजनिक गर्न पनि माग गरेको छ।










































