अभिनेत्री निरूता सिंह र रेखा थापाले करिब दुई दशकपछि सहकार्य गर्ने भएका छन्। फिल्म ‘३६ को आँकडा’मा अभिनय गर्नका लागि उनी मुम्बइबाट आइतबार नेपाल आएकी छन्।
निरुताले पत्रकारहरूसँग कुरा गर्दै भनेकी छन्, ‘अब म कही पनि जादिनँ म निरन्तर नेपाली फिल्ममै काम गर्छु। बिचमा मलाई कोरोना भयो। त्यसकारण, मैले फिल्ममा काम गर्न पाइनँ। अब भने म कही पनि जान्नँ।’ कोरोना महामारीका कारण केही समय कामबाट टाढा रहनुपरेको बताउँदै उनले अब आफू नेपाली फिल्मबाट टाढा रहन नसक्ने बताइन्।
निर्देशक सविर श्रेष्ठको महत्वकांक्षी प्रोजेक्ट ‘३६ को आँकडा’ निरूताको ६ वर्षपछिको कमब्याक फिल्म हुनेछ। फिल्ममा निरूताको भूमिकाबारे अहिले खुलाइएको छैन। निर्देशक सविर श्रेष्ठले निरुताको भूमिकाबारे तत्काल केही नखुलाए पनि उनको चरित्र विशेष रहेको बताए।
निरूता पछिल्लो पटक फिल्म ‘दाल भात तरकारी’ मा देखिएकी थिइन्। यो फिल्ममा निरूतासँगै अभिनेत्री रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का जस्ता कलाकारहरूको अभिनय रहनेछ। त्यो भन्दा पनि अझ रोचक कुरा त के भने, ‘दुई पल’मा सँगै देखिएका यी दुई अभिनेत्रीलाई एकै फ्रेममा देखिंदै छन्।
‘३६ को आँकडा’को छायांकन सोमबारदेखि सुरू हुँदैछ।








































