Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२३:३३ दिउँसो
- ADVERTISEMENT -

‘दलालसँग मिलेर युवालाई विदेश पठाउने काम भयो, आईटी-इन्जिनियरिङ कलेज किन खोल्दैन सरकार ?’

प्रकाशित मिति: २०८२ साउन ८, बिहीबार

139
Shares

 नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले सरकार र विश्वविद्यालयहरूले दलालसँग मिलेर युवाहरूलाई विदेश जान बाध्य पार्ने नीति लिएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमै सूचना प्रविधि, इन्जिनियरिङ, स्वास्थ्य विज्ञान जस्ता विषय पढाउने कलेजहरू नखोलेर युवाको भविष्यमाथि खेलबाड गरिएको गुनासो गरे ।

“नेपालमा युवाहरू डाक्टर, इन्जिनियर र आईटी विज्ञ बन्न चाहन्छन्, तर यहाँ पढ्ने वातावरण छैन,” सांसद भण्डारीले आक्रोश पोख्दै भने, “यहाँ तलदेखि माथिसम्म दलालहरूसँग मिलेर युवालाई विदेश पठाउने र नेपालमा कुनै पनि प्राविधिक कलेज नखोल्ने षड्यन्त्र भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालयको सन्दर्भ उठाउँदै उनले भने, “त्रिभुवन विश्वविद्यालय सधैँ किन बन्द भइरहन्छ ? सरकारले नयाँ कार्यक्रम ल्याउन किन सक्दैन ? अहिले एसईई दिइसकेका विद्यार्थी प्लस टु कुन विषय पढ्ने भनेर दौडिरहेका छन् । प्लस टुको रिजल्ट पनि आउँदैछ । अधिकांश विद्यार्थी फार्मेसी, डक्टर, प्यारामेडिकल वा प्योर आईटी पढ्न चाहन्छन् । तर त्यसका लागि आवश्यक कार्यक्रम हामी किन ल्याउँदैनौँ ? ध्यान किन दिँदैनौँ ?”

समयसापेक्ष शैक्षिक कार्यक्रमहरू ल्याउन नसक्नु दुःखद पक्ष रहेको उनको भनाइ थियो । “हाम्रा १२ कक्षा पढेका युवाहरूले रोबोट र कम्प्युटर बनाइरहेका छन्, तर उनीहरूलाई स्वदेशमै पढ्ने वातावरण बनाउनुको साटो १२ देखि २२ लाख रुपैयाँ तिरेर विदेश जान बाध्य पारिएको छ, जसले देशको सम्पत्ति बाहिरिरहेको छ ।”

उनले सरकार र नेताहरूको विदेश भ्रमणप्रति कटाक्ष गर्दै प्रश्न गरे, “नेताहरू विदेश घुम्छन्, तर देशमा यत्रो काम छ । के उहाँहरू मंगल ग्रहमा विकास गर्न जानुभएको हो ?”

सांसद भण्डारीले देशका शैक्षिक संस्थाहरूको गुणस्तर, शुल्क निर्धारण र छात्रवृत्तिको पारदर्शितामाथि पनि प्रश्न उठाए । उनले भने, “विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर खोलिएका कलेजहरूको अनुगमन कसले गर्ने ? कति पैसा लाग्छ, पाठ्यक्रम के हो, कसैलाई थाहा छैन ।”

उनले देशमा युवा पलायन र विकास निर्माणमा भइरहेको ढिलासुस्तीप्रति सरकारको ध्यानाकर्षण गराउँदै जनताको विश्वास गुम्दै गएको बताए । उनले सभामुखमार्फत सरकारलाई युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न र शैक्षिक बेथिति अन्त्य गर्न तत्काल कदम चाल्न रुलिङको माग गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -