Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१९:४३ बिहान
- ADVERTISEMENT -

हत्या गर्ने उद्देश्यले नै ससुराली पुगेका थिए राजेन्द्र

प्रकाशित मिति: २०८२ असार २२, आइतबार

247
Shares

भोजपुरको रामप्रसादराई गाउँपालिका–२, धोद्लेखानीका गिरी परिवारका चार जनाको गए राति सामूहिक हत्या भयो । भोजपुर नगरपालिका–२, हैलौछाका ३० वर्षीय ज्वाइँ राजेन्द्र राईले ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी, १५ वर्षीया श्रीमती मनीषा गिरी र आठ वर्षीय सालो सपन गिरी गरेर चार जनाको सामूहिक हत्या गरेको प्रहरीले जनाएको छ ।

गिरी परिवारका अन्य दुई छोरी र एक छोरा घर बाहिर रहेको खुलेको छ ।

भोजपुर प्रहरीले राजेन्द्रलाई पक्राउ गरिसकेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट राजेन्द्रले हत्या स्वीकार गरिसकेका छन् । तर, प्रहरीसितको बयानमा उनले आफूमाथि राति सुतेका बेला आक्रमण भएपछि प्रतिकारमा सासु ससुरासहितको हत्या गरेको बताएका छन् ।

‘‘चार जनाको हत्या मैले नै गरेको हो । तर, राति म सुतेको बेला सासु आएर मेरो पेटमा चक्कु हान्न थालेपछि प्रतिकार गरेर पछि त्यही चक्कुले सबैको हत्या गरेको हुँ,’’ राजेन्द्रको भनाइ उद्धृत गर्दै भोजपुर प्रहरीले स्रोतले भन्यो ।

भोजपुर प्रहरीका प्रमुख डीएसपी युवराज तिमल्सिनाले उनीमाथि थप अनुसन्धान जारी रहेको बताए । ‘‘प्रारम्भिक बयानमा राईले आफूमाथि आक्रमणको प्रयास भएपछि सामूहिक हत्या गरेको भनेका छन् । तर, थप बुझ्दै छौँ,’’ उनले भने ।

प्रहरीका अनुसार, राईको पेटमा चक्कुले प्रहार गरिएका तीनवटा घाउ देखिएको छ । उनलाई उपचारका लागि धरान पठाउने तयारी गरिएको छ ।

चार जनाको हत्यापछि राजेन्द्र आफैँले प्रहरीलाई खबर गरेर आफूलाई पक्राउ गर्न बोलाएका थिए ।

प्रहरीको अनुसन्धानका क्रममा राजेन्द्रले मनीषासँग उमेर नपुग्दै प्रेमविवाह गरेका थिए । पछिल्लो एक महिनादेखि मनिषा माइतीघरमा थिइन् । राजेन्द्र पछिल्लो एक हप्तादेखि नै ससुरालीमा थिए ।

श्रीमतीलाई माइतबाट घर फर्काउने विषयमा उनीहरूबीच विवाद भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गाउँपालिका–२ कै वडा सदस्य प्रभा राईका अनुसार, राजेश र मनीषाबीच करिब एक वर्षअघि प्रेम विवाह भएको हो । पछिल्लो समय राजेन्द्रकी श्रीमती माइतमै बस्न थालेपछि उनीहरूको कलह सुरु भएको हो ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारी, राजेश श्रीमती आफूसित नफर्किए सासुससुराको हत्या गर्ने उद्देश्यले नै ससुराली पुगेको देखिएको बताउँछन् । प्रहरीका अनुसार, हत्या गर्न प्रयोग भएको चक्कु राजेन्द्र आफैँले घरबाट लगेका थिए ।

छिमेकीहरूले पनि राजेन्द्रले केही दिनदेखिनै सासु ससुरालाई धम्की दिँदै आएको बताएको प्रहरीले बताएको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘‘राजेन्द्रले अहिले जे बोले पनि उनी श्रीमती आफूसित नफर्किए सबैको हत्या गर्ने उद्देश्यले ससुराली पुगेको देखिन्छ । त्यो कुरा सबै छिमेकीहरूलाई जानकारीसमेत रहेछ । केहीले प्रहरी र प्रशासनलाई जानकारी गराउनसमेत भनेको देखियो । तर, उनीहरूले धम्क्याउनमात्रै खोजेको होलान् भनेर जानकारी नगराएको देखियो ।’’

प्रहरीको अनुसन्धानका क्रममा राजेन्द्रको यसअघि पनि विवाह भएर छुटेको खुलेको छ । मनीषा र राजेन्द्रबीच सामाजिक सञ्जालमार्फत चिनजान भएर विवाहमा परिणत भएको खुलेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -