Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:४४:१६ बिहान
- ADVERTISEMENT -

हुम्ला जान उत्साहित प्रधानमन्त्री, भन्छन्-अब कर्णाली भारत र चीनसँग जोडिन्छ

प्रकाशित मिति: २०८२ असार २२, आइतबार

132
Shares

प्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला जोड्ने कर्णाली करिडोरको  पुल उद्घाटन गर्दैछन् ।

करिडोर अन्तर्गत निर्माण भएको खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला नदीमा निर्माणाधीन बेलिब्रिज उद्घाटन भएपछि हुम्ला जिल्ला औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुलको उद्घाटन गर्न जानुअघि आफू उत्साहित भएको बताएका छन् । उनले हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएपछि एक युवाले एआईमार्फत बनाएको भिडियो सामग्री सेयर गर्दै उत्साहित भएको उल्लेख गरेका छन् ।

‘आजबाट सञ्चालनमा आउने कर्णाली करिडोर सडकको चुवाखोला बेलिब्रिजले हाम्रो दक्षिणी छिमेकी मित्रराष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोड्ने छ’, उनले लेखेका छन्, ‘यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ हुन्छ र हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ ।’

बाँकेको जमुनियाबाट हिल्सासम्म यो सडकको दूरी ४१० किलोमिटर रहेको छ । यसले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्ने छ । यसपछि वैदेशिक व्यापारलाई पनि सहयोग पुग्ने प्रधानमन्त्री ओलीको विश्वास छ ।

२६ वर्षदेखि निर्माण भएपनि यो सडकले पूर्णता पाएको थिएन । यो पुल सञ्चालनमा आएसँगै सडक हुम्ला सदरमुकाम जोडिनेछ । र, सडक नजोडिएको एउटामात्रै हुम्ला जिल्लामा पनि राष्ट्र सडक सञ्जाल पुग्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -