गोरखा, १२ जेठ २०७६ । गोरखा जिल्लाको आरुघाटमा अचानक ट्रकबाट खस्दा सोही ट्रकको टायरले किच्दा एक स्थानिय बासिन्दाको घटना स्थलमा नै मृत्यु भएको छ ।
आज दिउसो करिब १२ बजेतिर आरुघाट बिदुर चोकमा बा ३ ख २५८३ नम्बरको ट्रकबाट अचानक खस्दा सोही ट्रकको टायरमा परेर बुढाथुम निवासी हाल आरुघाट बिशालनगर बसोबास गर्दै आउनु भएका बिष्णु श्रेष्ठको निधन भएको खबर प्राप्त भएको छ ।
सिमपानी न्युज परिवार मृत आत्माको चिर शान्तिको कामना गर्दछ ।








































