संसदको जारी अवरोध हटाउन विपक्षीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा गर्ने भएको छ ।
आज बसेको विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नको लागि समिति बनाउने प्रतिबद्धता आए सदन चलाउन सकिनेबारे छलफल भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए । विपक्षी दलको नेतृत्व गरेर प्रचण्डले नै देउवासँग छलफल गर्नेछन् ।
प्रचण्डले बैठकलगत्तै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की, श्याम घिमिरेसँगसँग छलफल पनि गरेका थिए । संसदीय छानबिन या पूर्वन्यायाधीश कसैको नेतृत्वमा न्यायिक समिति बनाएर आइतबारसम्ममा यो प्रकरणको ल्यान्डिङ हुने बताए ।








































