Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४९:२७ दिउँसो
- ADVERTISEMENT -

श्रीमती सबिनाले नै खिचेकी थिइन् बालेनको भाइरल भइरहेको तस्बिर

प्रकाशित मिति: २०८२ जेठ १४, बुधबार

272
Shares

 काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सेतो बाथरोब लगाएको अवस्थामा एक युवतीसँग खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । महानगरका प्रवक्ता एवं वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले एक टेलिभिजन अन्तर्वार्तामा उक्त तस्बिर सार्वजनिक गरेपछि यो फोटो चर्चामा आएको हो ।

बालेनका सल्लाहकार कुमार बेनका अनुसार भाइरल भइरहेको उक्त तस्बिर बालेनकी श्रीमती सबिना काफ्लेले खिचेकी हुन् । यो तस्बिर गत फागुनको होलीको समयमा बालेन सपरिवार बुटवलको मणिग्रामस्थित विश्राम बाटिका होटलमा गएका बेला खिचिएको थियो ।

बेनले टेकपानासँग भने, “अहिले भाइरल भइरहेको फोटो होलीको बेलाको हो । फोटो सबिना भाउजूले खिच्नुभएको हो ।”

सामाजिक सञ्जालमा तस्बिरले व्यापक चर्चा पाएपछि बालेनकी श्रीमती सबिनाले बुधबार त्यहीबेला खिचिएका अन्य तस्बिर पनि सार्वजनिक गरेकी छन् । तस्बिर सार्वजनिक गर्दै उनले व्यङ्ग्यात्मक शैलीमा लेखेकी छिन्, “आफ्नो पार्टीको नामसहित नाम र नम्बर कमेन्टमा दर्ता गर्नुहोस्, अरू पनि कन्टेन्ट दिन सक्छु ।” 

ती अन्य तस्बिरमा महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि देखिन्छन् ।

वास्तवमा भाइरल भइरहेको यो तस्बिर यसअघि नै तस्बिरमा देखिएकी युवती जस्मिन खरेल (जो आफूलाई डीजे बताउँछिन्) ले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सार्वजनिक गरेकी थिइन् । उनले यो तस्बिर सन् २०२५ मार्च १५ मा पोस्ट गरेकी थिइन् (मार्च १३ मा पहाडी क्षेत्रमा र मार्च १४ मा तराईमा होली मनाइएको थियो)।

प्रवक्ता मानन्धरले भने त्यसको झन्डै एक महिनापछि ८ अप्रिलमा योहो टेलिभिजनमा प्रसारित अन्तर्वार्तामा उक्त तस्बिर देखाउँदै आफूलाई कतैबाट प्राप्त भएको बताएका थिए । मानन्धरले फोटो सार्वजनिक गर्दै व्यक्तिगत चरित्रमाथि आधारहीन र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै बालेन सचिवालयले उनीसँग गल्ती स्वीकार गरी लिखित प्रतिबद्धता पेस गर्न पत्राचार गरेको थियो ।

फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । केहीले बालेन आफ्नो पदको गरिमा बिर्सिएर परस्त्रीसँग बाथरोबमा देखिएको भन्दै आपत्ति जनाएका भने केहीले यो फोटो एडिट गरिएको हुनसक्ने आशङ्का गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -