नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति निरंकुशताको शुरूआत भएको टिप्पणी गरेका छन् ।
विराटनगरमा आज आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको शुरूआत भएको टिप्पणी गरेका हुन्
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जेठ १५ गते राजसंस्था पक्षधरको प्रदर्शनलाई लक्षित गरेर प्रतिवादमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएका थिए । जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने ओलीले बताएका थिए ।
कांग्रेस पदाधिकारी बैठकमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे छलफल हुनुको साटो आफ्नो बारेमा छलफल भएको कोइरालाले बताए । ‘मैले सोचेको थिएँ कांग्रेस बैठकमा प्रधानमन्त्रीको बोलीबारे छलफल हुन्छ । तर, मेरोबारे छलफल भएछ । मलाई खुसी लाग्यो,’ उनले भने ।








































