राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने भएको छ।
नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हिजो सुरु भएको बहस नसकिएपछि हेर्दा-हेर्दैमा राखिएको थियो।
आज एक न्यायाधीश उपलब्ध नहुने भएपछि सुनवाइ स्थगित गरिएको हो।
नहकुल सुवेदी आज संवैधानिक इजलासमा बस्नुपर्ने भएकाले रविको सुनवाइ गर्न नसक्ने भएका छन्।








































