Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२७:३२ बिहान
- ADVERTISEMENT -

बजेटको संरचना बदल्न सांसद शर्माको सुझाव : चालु खर्च ६५ बाट घटाएर ३५ प्रतिशतमा झार्नुपर्ने

प्रकाशित मिति: २०८२ वैशाख ३१, बुधबार

73
Shares

सांसद जनार्दन शर्माले आर्थिक क्षेत्रको पुनर्संरचना गरेर मात्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताएका छन् । बुधवार प्रतिनिधिसभामा प्रि बजेटमाथिको  छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । 

साथै आगामी बजेट आम्दानी र खर्चको फाँट मात्र नभएर देशको समृद्धिको  असमानताको खाडलबाट उक्सिन नसकेका जनतालाई माथि ल्याउने उद्देश्यमूलक दस्ताबेजको रुपमा प्रस्तुत हुने अपेक्षा रहेको बताए । कुल बजेटको ६५ प्रतिशत चालु खर्च हुने गरेकोमा आगामी बजेट ६५ प्रतिशत पुँजीगत खर्च हुने गरी ल्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराए । 

‘जनताका अपेक्षा पुरा गराउन हामीसँग स्रोत छैन । त्यो स्रोत कहाँबाट ल्याउने ? आज बजेटको ६५ प्रतिशत चालु खर्चमा जाने गरेको छ,’ उनले भने, ‘३५ प्रतिशत पुँजी गत खर्च हो त्यो पनि खर्च हुँदैन । त्यसकारण ६५ प्रतिशतलाई ३५ मा झार्ने गरी ल्याउनुस् । हाम्रो समर्थन हुनेछ । त्यसको लागि संरचनागत पुनर्संरचना होस् चाहे राजनीति र प्रशासन क्षेत्रको आजको खर्च घटाउनुपर्छ । त्यसबाट मात्रै बजेट बनाउन सक्नुहोला अन्यथा १० खर्ब वरिपरिको बजेट आउँदैछ । राजस्व अरू तानतुन गरेर दुई चार खर्ब थप्नुहोला अरू बन्छ कसरी ? आज देशलाई चाहिएको आर्थिक पुनर्संरचना हो ।’

साथै आर्थिक पुनर्संरचना यस क्षेत्रमा आवश्यक रहेको बताए । ‘अर्थमन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु । बजेटको आर्थिक संरचना सुधार गर्नका लागि नभए नै हामी निरन्तर समस्या छौँ,’ उनले भने,‘यसमा कडाभन्दा कडा रूपमा प्रस्तुत हुनुस् दुई तिहाइको सरकार छ त्यसमा हाम्रो पनि समर्थन छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -