नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शिक्षकले घरघडेरी नमागेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारले शिक्षकमाथि लाठी र पानीको फोहोरा बर्साएर हिंस्रक चरित्र प्रस्तुत गरेको आरोप लगाए । पौडेलले शिक्षक, डाक्टर, कर्मचारीको आवाज सुन्दैन भने कसको सरकार हो भनी प्रश्न गरे ।
‘सरकारले लाठी र पानीको फोहोरा बर्साएर हिंस्रक चरित्र प्रस्तुत गर्यो । आदरणीय शिक्षकले घर, घडेरी, बिल्डिङ खोजेका होइनन् । श्रमको मूल्य खोजेका हुन्,’ उनले भने ।








































