Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२०:२९ दिउँसो
- ADVERTISEMENT -

कांग्रेस कैलाली पार्टी सचिव मिश्र र नेविसंघ केन्द्रीय सदस्य बमविरुद्ध उजुरी

प्रकाशित मिति: २०८२ वैशाख ४, बिहीबार

76
Shares

 कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आचारसंहिता विपरित कार्य गर्ने पार्टी तथा भातृ संगठनका पदाधिकारीविरुद्ध कारबाहीका लागि उजुरी परेको छ ।

नेबिसंघका उम्मेदवारलाई असहयोग गरेकाे भन्दै पार्टीका जिल्ला सचिव केशव मिश्र, नेविसंघका केन्द्रीय सदस्य घनश्याम बम र नेविसंघबाटै २०७९ मा कैलाली बहुमुखी क्याम्पसको कोषाध्यक्ष बनेकी अम्बिका चौधरीमाथि कारबाहीको मागसहित नेपाली कांग्रेस कैलालीमा उजुरी गरिएको छ ।

जिल्ला सचिव मिश्रले कैलाली बहुमुखी क्याम्पसको २०७९ सालको निर्वाचनमा पार्टीबाट प्राप्त रकम सो समयमा कोषाध्यक्षकी उम्मेदवार अम्बिकालाई व्यक्तिगत दिएको तर, अन्य उम्मेदवारलाई नदिई अनियमितता गरेको र अहिलेको निर्वाचनमा पनि नेविसंघका उम्मेदवारलाई असहयोग गर्दै अम्बिकालाई स्वतन्त्र उम्मेदवार बनाएको नेविसंघको आरोप रहेको छ ।

नेविसंघका केन्द्रिय सदस्य बमले पनि निर्वाचन अघि नेविसंघको उम्मेदवार अम्बिका भएको दाबी गरेको, नेविसंघलाई पराजय गर्ने गरि अभिव्यक्ति दिएको, अम्बिकाका लागि घर-घर गई विद्यार्थीहरुसंग भेटघाट गर्दै मत मागेको, सामाजिक सञ्जालमा नेविसंघका लागि सहयोग नगर्नु र स्वतन्त्र जिताउ अभियान चलाएको, अम्बिका लागि मत मागेको स्पष्ट देखिएकोले नेविसंघ कैलाली बहुमुखी क्याम्पस ईकाईले कार्वाहीका लागि पार्टीलाई सिफारिस गरेको छ ।

यसरी नेविसंघ र नेपाली कांग्रेस पार्टीको विधान, आचारसंहिता र मर्यादा विपरितका गतिविधिमा संलग्न भई नेविसंघका उम्मेदवार र समग्र नेविसंघलाई आघात पुर्याउने माथि उल्लेख पार्टीसंग सम्बन्धित व्यक्तिलाई पार्टीको विधि, विधान र नियम बमोजिम अनुसन्धान गरि आवश्यक कारबाहि गरि दिन अनुरोध गर्दछौं’ सिफारिसमा भनिएको छ,’नेविसंघबाट उम्मेदवार रहेकाहरुले संयुक्त रुपमा प्राप्त प्रमाणहरु, उम्मेदवार र नेविसंघ कैलाली बहुमुखी क्याम्पसका आस्थावानहरुको हष्ताक्षर र उजुरी गर्ने निर्णय समेतको प्रतिलिपिसहित यो उजुरी पत्र पेश गरेका छौं ।’

पार्टीमा पेश भएको उजुरीपत्र पार्टीको अनुशासन समिति, नेविसंघ केन्द्रिय कार्यसमिति, जिल्ला कार्य समिति, अनुशासन समितिमा पनि पेश गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -