Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३०:०९ दिउँसो
- ADVERTISEMENT -

ज्यानमार्ने उद्योगसहित चार कसुरमा हुँदैछ दुर्गा प्रसाईंमाथि अनुसन्धान

प्रकाशित मिति: २०८१ चैत २९, शुक्रबार

199
Shares

भारतको आसामबाट पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी काठमाडौँ ल्याइपुर्‍याइएको छ। चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर प्रसाईं सोही दिनदेखि फरार थिए।  

बिहीबार भारतीय प्रहरीको नियन्त्रणमा परेका प्रसाईंलाई आज शुक्रबार बिहान काँकडभिट्टा हुँदै भद्रपुर विमानस्थल पुर्‍याइयो। त्यहीँबाट विमानमार्फत काठमाडौँ ल्याइएको हो। 

चैत १५ को प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने केही अझै घाइते अस्पतालमै छन्। प्रदर्शनकारीले  तीनकुने क्षेत्रका केही निजी र सरकारी संरचनामा आगजानी र तोडफोड पनि गरेका थिए। प्रदर्शनकारीलाई हिंस्रक बन्न उचालेर प्रसाईं भने फरार भएका थिए। अहिले उनीमाथि चार कसुरमा अनुसन्धानको तयारी अघि बढाइएको छ।  

ज्यानमार्ने उद्योग 
प्रदर्शनकारीलाई हिंस्रक बन्न उचालेका प्रसाईं आफैँले पनि सयौँ प्रहरीको भिडलाई किचौँलाझैँ गाडी कुदाएका थिए। त्यहाँ प्रहरीलाई मारौँला झैँ उनले गाडी कुदाएकोले उनीमाथि ज्यानमार्थे उद्योगमा अनुसन्धान अघि बढाइँदैछ।  

संगठित अपराध
प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको घटनालाई लिएर उनीमाथि संगठित अपराधको मुद्दामा पनि अनुसन्धान हुँदैछ। उनी प्रदर्शनकारीको कमान्डर रहेको कारणले यसको निर्देशक उनी भएको आरोप छ। प्रदर्शनकारीले निजी घर र जडीबुटी कारखानामा आगजनीसमेत गरेका थिए। 

आपराधिक उपद्रव र राज्यविरुद्धको कसुर
उनीमाथि आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा पनि अनुसन्धान अघि बढ्ने बताइएको छ। यसअघि सोही प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणासहितलाई आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा अनुसन्धान जारी छ। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -