Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२०:२५ दिउँसो
- ADVERTISEMENT -

गृहमन्त्रीले गरे समाजवादी मोर्चाको प्रशंसा– राजावादी उच्छृंखल

प्रकाशित मिति: २०८१ चैत २२, शुक्रबार

127
Shares

गृहमन्त्री रमेश लेखकले शन्तिपूर्ण प्रदर्शन गरेको भन्दै समाजवादी मोर्चालाई धन्यवाद दिएका छन् । यही चैत १५ गते काठमाडौंमा आयोजित प्रदर्शनबारे जवाफ दिन शुक्रबार (चैत २२) प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा उपस्थित उनले राजावादीको आलोचना गरे ।

त्यस दिन समाजवादी मोर्चाले सभ्य र भव्य ढंगले कार्यक्रम सम्पन्न गरेको उनले टिप्पणी गरे । समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् ।

“त्यो कार्यक्रममा आलोचनाका कुराहरू पनि भए, आफ्ना विचारका अभिव्यक्ति पनि भए । लोकतान्त्रिक मूल्य र मान्यताअनुरूप अत्यन्त सभ्य र भव्य ढंगले कार्यक्रम सम्पन्न भयो,” उनले भने, “त्यसकारण समाजवादी मोर्चाका कार्यक्रम आयोजक साथीहरूलाई म धन्यवाद दिन चाहन्छु ।”

शान्तिपूर्ण जुलुस प्रदर्शनको त्यो एउटा उदाहरण भएको उनले बताए ।

अर्कोतर्फ, राजावादीको प्रदर्शनलाई उनले ‘हिंसात्मक, अमानवीय, अमर्यादित र उच्छृंखल’को संज्ञा दिए । तीनकुनेमा आयोजित उक्त प्रदर्शन वर्तमान राजनीतिक व्यवस्था समाप्त गर्ने उद्देश्यबाट प्रेरित रहेको उनले जिकिर गरे ।

“यसमा कुनै द्वविधा छैन, कुनै भ्रम छ । यो प्रदर्शन, यो कार्यक्रम नेपालको वर्तमान संविधानलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी शासन व्यवस्था र समावेशी चरित्रको हामीले अवलम्बन गरेको राज्यव्यवस्था, राज्य प्रबन्ध र यो व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो,” उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -