Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३४:०६ दिउँसो
- ADVERTISEMENT -

कांग्रेस सांसद गिरीले भने– हिन्दुराष्ट्र बनाउन आवश्यक

प्रकाशित मिति: २०८१ चैत १९, मंगलबार

192
Shares

नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेको बताएका छन् । मंगलबार (चैत १९) संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

उनले संविधान निर्माणका क्रममा हिन्दुराष्ट्र स्थापनाका निम्ति जनताले दिएको रायलाई ‘बोरामा बन्द’ गरी राखिएको टिप्पणी गरे । “संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ,” उनले भने, “त्यो खोलियोस् त !”

नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दुराष्ट्रका पक्षमा राय दिएको भए पनि चलखेल गरिएको उनले आरोप लगाए । “त्यति बेला ८० प्रतिशतमाथि जनताले हिन्दुराष्ट्र हुनुपर्छ भनेको थियो । कसैले हिन्दुराष्ट्रलाई हटाऊ भनेको अवस्था थिएन,” उनले भने, “संसारभरि एउटा हिन्दुराष्ट्र भएको हेर्ने धेरैको रहर थियो ।”

उनले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेकामा जोड दिए । “अहिले पनि ती अभिलेख र रायहरू हेरियोस् न,” उनले भने, “नेपालमा हिन्दुराष्ट्र अत्यन्त आवश्यक परिरहेको अवस्था छ ।” न्युज एजेन्सी नेपाल

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -