Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०८:४२ दिउँसो
- ADVERTISEMENT -

पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियूका विद्यार्थीबीच झडप

प्रकाशित मिति: २०८१ चैत ५, मंगलबार

197
Shares

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार घाइतेलाई पाटन अस्पताल लगिएको छ। चुनावका क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बीच विवाद भएपछि झडप भएको हो। तर विवादको विषय खुलिनसकेको उनले बताए। साथै, घाइते कुन पक्षका हुन् भन्ने पनि खुलिसकेको छैन। 

नेविसंघ र अनेरास्ववियू सत्तारुढ दल क्रमशः नेपाली कांग्रेस र नेकपा एमालेका भ्रातृ संगठन हुन्। पाटन संयुक्त क्याम्पस परिसरमै रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको भ्रातृ संगठन अखिल समाजवादी विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य निगम भण्डारीका अनुसार फर्जी विद्यार्थी भर्ना गरेको, नक्कली परिचयपत्र बोकेर भोट हाल्न आएको भन्दै नेविसंघले विरोध गरेपछि विवाद उत्पन्न भएको हो।

नेकपा (एमाले)का रमेश पौडेलले भने निर्वाचनमा धाँधली र फर्जी कार्ड विरुद्ध कुरा उठाएपछि अनेरास्ववियू र स्थानीयहरूमाथि नेविसंघका मानिसहरूले रड, धारिलो हतियारले आक्रमण गरेको आरोप लगाएका छन्। उनले फेसबूकमा घाइतेहरूको तस्वीर राख्दै आक्रमणबाट दिनेश श्रेष्ठ, पवन शाही, राजीव अधिकारी लगायतका विद्यार्थी घाइते भएको उल्लेख गरेका छन्।

क्याम्पस परिसर बाहिर फलामको रड, लाठी, क्रिकेट ब्याट बोकेका युवाहरू देखिन्छन्। प्रहरीले माइकिङ गरेर भीड नगर्न आग्रह गरिरहेको थियो। त्यही बीचमा एक व्यक्तिले हेलमेटले टाउकोमा प्रहार गरेपछि एक जना घाइते भएको एसपी रेग्मीले बताए। “म आफैं फिल्डमा जाँदै छु,” उनले भने, “पर्याप्त संख्यामा प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइसकिएको छ।”

यसैबीच, लाठी, रड बोकेकाहरूको फोटो खिचिरहेका हिमालखबरकर्मी अजय हाकजूलाई समेत झडपमा सामेल विद्यार्थीले आक्रमण गरेका छन्। आक्रमणमा परी हाकजूको मुखमा चोट लागेको छ। “आक्रमणकारीले घेरेर फोटो र भिडिओ डिलट गर्न लगाए,” हाकजू भन्छन्, “दुई तीन वटा फोटो डिलिट गरेको थिएँ, एक्कासी मुक्का प्रहार गरियो।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -