Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०९:४७ दिउँसो
- ADVERTISEMENT -

एमालेको सांसदको आशंका : प्रचण्डका गतिविधिले पूर्वराजा हौसिएका त होइनन् !

प्रकाशित मिति: २०८१ फागुन २७, मंगलबार

151
Shares

नेकपा (एमाले)का सचिव तथा सांसद गोकर्ण विष्टले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति सहयोगी बनेको त छैन भनी आशंका व्यक्त गरेका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले प्रचण्डको अभिव्यक्तिले प्रतिगामी शक्तिलाई मलजल गरेको बताए । “संविधानको मर्म र भावनालाई आत्मसात् गर्नुपर्ने पार्टीको जिम्मेवार नेताको हैसियतले देशव्यापी रूपमा वितृष्णा, निराशा, अराजकता पैदा गर्ने गरी अभिव्यक्ति दिइरहनुभएको छ । प्रतिगामी शक्तिलाई प्रोत्साहित मलजल गर्नेगरी दिइरहनुभएको छ,” उनले भने । 

उनले प्रचण्डका गतिविधि पनि सहयोगी बनेको हुनसक्ने आशंका व्यक्त गरे । “कतै आज पूर्वराजाको जुन प्रकारको हौसला छ यसका पछाडि यही प्रकारका गतिविधि पनि घुमाएर सहयोगी त बनिरहेका छैनन् । आज हामीले गम्भीरतासाथ समीक्षा गर्नुपर्नेछ,” उनले भने । 

विष्टले सत्ता र प्रतिपक्षमा रहँदा द्वेध चरित्र देखिएको बताए । उनले प्रचण्डले तीनपटक प्रधानमन्त्री बन्दाको जस र अपजस लिनुपर्ने बताए । यही सरकारका कारण निराशा पैदा भएको भनिएको अभिव्यक्तिप्रति उनले आपत्ति जनाए ।

“संविधानको मर्मलाई सम्मान गर्नेगरी जनतामा आशा जगाउने गरी ठिक ढंगले भूमिका निर्वाह गर्न जरुरी छ,” उनले भने । विष्टले सरकारको ड्राइभिङ सिटमा बिचौलिया बसेको छ भन्ने प्रचण्डको आरोपप्रति नै कटाक्ष गरे । 

“यतिबेला सरकारको ड्राइभिङ सिटमा बिचौलिया बसिरहेको छ भनेर अत्यन्त अमर्यादित शब्द प्रयोग गर्नुभयो । जिम्मेवार नेताको हैसियतले यसप्रकारको अभिव्यक्ति दिनु स्वाभाविक थिएन,” उनी भन्छन्, “ पटक–पटक बिचौलियाको कुरा गर्दा सर्पले सर्पको खुट्टा देख्छ भनेजस्तै उहाँले बिचौलियालाई नजिकबाट चिन्नुभएकाले सन्दर्भ त उठाउनुभएको होइन ?”

उनले राजा फेरि फर्काउने कुरा मृगतृष्णा मात्रै भएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -