Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३०:३३ दिउँसो
- ADVERTISEMENT -

फोटै खिच्न नमिल्नेगरी प्रचण्डसँग मेरो सम्बन्ध बिग्रिएको होईनः जनार्दन शर्मा

प्रकाशित मिति: २०८१ फागुन १३, मंगलबार

178
Shares

 नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने कुरा सत्य नरहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले अध्यक्ष प्रचण्डलाई व्यक्तिगत रुपमा भन्दापनि पार्टीभित्र वैचारिक, सांगठनिक सुधारको विषय उठाएको बताएका हुन् । उपमहासचिव शर्माले अहिले सञ्चालन भइरहेको तराई मधेश अभियान पनि आफूले उठाएको एजेण्डाअनुसार नै रहेको बताए ।

हिजो (सोमबार) झापामा अध्यक्ष प्रचण्डसँग फोटो खिचेको प्रसंग उल्लेख गर्दै उनले भने, ‘पार्टी अध्यक्षसित मेरो बोलचाल बन्द भएको पनि होईन, बिग्रिएको पनि होईन । वैचारिक बहसहरु, छलफलहरु हुनुले सम्बन्ध बिग्रिने होईन नि । पार्टीभित्रको वैचारिक छलफल, पार्टीलाई कसरी राम्रो बनाउने ? अझ कसरी व्यवस्थित गर्ने, कसरी विधिमा चलाउने, पार्टीभित्रको निर्वाचन प्रक्रियालाई कसरी लैजाने, जनताको कुरा कसरी सुन्ने भनेर नै मैले विषय उठाएको थिएँ । आज तिनै विषयको आधारमा, केन्द्रीय समितिले गरेका निर्णयहरुको आधारमा आज यो अभियान पनि त्यहीअन्तर्गत चलिरहेको छ । सम्बन्ध नराम्रो थियो भन्ने होईन । वैचारिक बहसहरु निरन्तर भइराख्छन्, गरिराख्ने कुरा हो । भोलि पनि हुन्छ, आजपनि हुन्छ । पार्टी राम्रो बनाउने कुरामा, कमजोरी सच्याउने कुरामा उठाइएको विषयमात्रै थियो । अरु फोटै खिच्न नमिल्नेगरी सम्बन्ध बिग्रिएको होईन ।’

अब माओवादी नेतृत्वले जनताले विश्वास गर्नेगरी आफूलाई बदल्नुपर्ने अवस्था आएको उनले बताए । माओवादी नेतृत्वको टिम रुपान्तरण भयो र आफूहरु रुपान्तरण भएको खण्डमा जनताले विश्वास गर्नेमा दुईमत नरहेको उनले बताए । उमहासचिव शर्माले अहिले जनताको घरदैलोमा जानुको कारण पनि जनतामा विश्वासको वातावरण बनाउनु नै रहेको बताए । उनले राष्ट्रको समस्यालाई समाधान गर्ने हैसियत माओवादीले राख्यौं भने जनताले विश्वास जनताले विश्वास गर्ने बताए । यद्यपि माओवादीले देश र जनताको हितमा काम गरिरहेको उनको दाबी छ । उपमहासचिव शर्माले आफूहरुले संविधान देश र जनताकै पक्षमा बनाएको र जनताकै हितको लागि भनेर देशबाट लोडसेडिङ मुक्त गरिएको बताए ।

‘हामीले बनाएको संविधान हुनेखानेको लागि थिएन । यो देशका सबै नागरिकका लागि थियो र मूलतः उत्पीडित वर्ग, क्षेत्र, जाति, लिङ्ग, समुदायको लागि थियो । हामीले बनाएको संविधान सामन्तवादबाट पिल्सिएकाहरुको लागि थियो । त्यसकारण हामीले ठूलाका लागि गरेको होईन । लोडसेडिङ अन्त्य गर्ने कुरा जनताको लागि थियो,’– उनले भने । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -