Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३१:५३ बिहान
- ADVERTISEMENT -

सन्तोषी मृत्यु प्रकरण: आत्महत्या दुरुत्साहनको आरोपमा सिनियर इन्स्पेक्टर जोशी पक्राउ

प्रकाशित मिति: २०८१ फागुन १३, मंगलबार

145
Shares

गत शनिबार राती पोखरास्थित हुल तथा दंगा व्यवस्थापन शिक्षालयमा मृत फेला परेकी सशस्त्र प्रहरी बल नेपालकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यू प्रकरणमा एक जना पक्राउ परेका छन् ।

उनलाई आत्महत्या गर्नका लागि बाध्य पारेको आरोपमा सिनियर इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका हुन्।इन्स्पेक्टर जोशी महतभन्दा एक ब्याच सिनियर हुन्।

कास्की प्रहरीका अनुसार, तनहुँस्थित सशस्त्रको २३ नम्बर गणमा कार्यरत इन्स्पेक्टर विवेक जोशीलाई पक्राउ गरिएको छ । पक्राउ परेका जोशीलाई कास्की ल्याइएको प्रहरीले जनाएको छ । उनलाई म्याद थपका लागि अदालत लगिने र थप अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

स्रोतका अनुसार जोशीसँग प्रेम सम्बन्धमा रहेकी सन्तोषीले प्रेम सम्बन्धमा खटपटका कारण आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ । सन्तोषीका परिवारले इन्स्पेक्टर जोशीविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा सोमबार किटानी जाहेरी दिएका थिए ।

२०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।

उक्त घटना छानबिनका लागि प्रहरीले छानबिन टोली गठन गरेको छ । सोमबार राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -