Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४६:४३ बिहान
- ADVERTISEMENT -

होचो भूभागबाट पार्टीलाई अग्लो बनाउने प्रचण्ड गर्जन

प्रकाशित मिति: २०८१ फागुन १२, सोमबार

119
Shares

 नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय एकतालाई बलियो बनाउन र सुशासन कायम गर्न नदिने तत्वका विरुद्ध नेपाली जनता एक हुनुपर्ने बताएका छन्। 

नेपालकै सबैभन्दा होचो भूभाग झापाको कचनकवल स्तम्भमा आज बिहान  झन्डोत्तोलन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अराजकता र अस्थिरता कायम गर्ने तत्त्वहरूका विरुद्ध पनि देशका जनता एकजुट हुनुपर्ने बेला आएको बताए। 

‘कुनै बेला झापा विद्रोह, क्रान्ति र न्यायको प्रतीक जिल्लाको रूपमा चिनिन्थ्यो। तर अहिले झापाको त्यो पहिचान र इतिहास मर्ने हो कि भन्ने खतरा बढेको छ। झापालाई फेरि पनि क्रान्ति, न्याय, समानता र स्वतन्त्रताको प्रतीककै रूपमा बनाइराख्नका लागि माओवादीमाथि त्यो जिम्मेवारी आइपरेको छ,’ प्रचण्डले  भने। 

नेपालको होचो भूभागबाट सबैभन्दा अग्लो भूभागमा पार्टीलाई पुर्याउने बताउँदै अध्यक्ष दाहालले भने, ‘त्यसैका लागि पार्टीले झापाबाटै यो अभियानको सुरुवात गरेको हो।’ पार्टी नेतृत्वलाई विमानस्थलमा गरिएको स्वागत र मर्निङ वाकको क्रममा जनताको धारणा बुझ्दा झापामा माओवादी पार्टीप्रति जनताको उत्साह बढेको उनको भनाइ छ। 

नेपाल क्षेत्रफलको आकारले कम भए पनि भौगोलिक विविधताले विशाल छ। कचनकवल स्तम्भ जस्तै देशका यस्ता ऐतिहासिक महत्त्व बोकेका स्थलहरूको पहिचान गरी संरक्षण र सम्वर्द्धन गर्न उनले सबै समक्ष अपील समेत गरेका छन्। 

तराई मधेश जागरण अभियानको उद्घाटन गर्दै प्रचण्ड 

नेकपा (माओवादी केन्द्र)ले झापाको कचनकवलबाट ‘जनतासँग माओवादीः तराई मधेश जागरण अभियान’ को शुभारम्भ गर्ने भएको छ। 

पार्टी अध्यक्ष प्रचण्डले आज दिउँसो १२ बजे कचनकवल गाउँपालिका ६ स्थित बनियानीबाट ‘जनतासँग माओवादीः तराई मधेश जागरण अभियान’ को उद्घाटन गर्न लागेका हुन्। अभियान उद्घाटन गर्नका लागि अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत एक दर्जन नेता आइपुगेका छन्। 

कचनकवल स्तम्भमा झण्डोत्तोल पश्चात् अध्यक्ष प्रचण्डले राजवंशी समाज विकास समितिको भवनमा सहिद परिवारहरूसँग भेटघाट र दिउँसो १२ बजे बनियानीमा आयोजित बृहत् जनसभाका बीच अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नि)ले जानकारी दिए। 

त्यस्तै आजै दिउँसो ३ बजे बाह्रदशी गाउँपालिकाको राजगढस्थित राजवंशी चोकमा आयोजित जनसभालाई पार्टी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने र त्यसपश्चात् झापा गाउँपालिकामा आयोजित कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका झापा इन्चार्ज रञ्जित तामाङले जानकारी दिए। आजबाट झापाबाट सुरु हुन लागेको अभियान हुलाकी मार्ग केन्द्रित भएर चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुने जनाइएको छ। 

प्रचण्डको राजनीति परेड 

अध्यक्ष प्रचण्डले यसपटक पनि परेडको राजनीतिलाई निरन्तरता दिएका छन्। उनले आज बिहान झापाको सगरमाथा चोकदेखि किचकबधसम्म मर्निङ वाक गरेका छन्।

प्रधानमन्त्रीबाट हटेपछि उनले जनतालाई प्रभावित पार्न बिहान बिहान नेता कार्यकर्ताका साथ सामूहिक मर्निङ वाक अभियानलाई तीव्रता दिँदै आएका छन्। यसअघि पनि उनले बिर्तामोडमा नेता तथा कार्यकर्तासँगै मर्निङ वाक गरेका थिए। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -