Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१:२४:१३ राति
- ADVERTISEMENT -

सांसद नेम्वाङको गुनासो- बजेट पर्छ, ठेक्का लाग्छ तर काम हुँदैन

प्रकाशित मिति: २०८१ फागुन ६, मंगलबार

130
Shares

 नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सडक निर्माणका लागि बजेट पर्ने, ठेक्का लाग्ने भएपनि कामले पूर्णता नपाएकोप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद नेम्वाङले आफ्नै निर्वाचन क्षेत्रका केही सडकमा भइरेहेको कामको विवरणबारे जानकारी गराउँदै ध्यानाकर्षण गराएका हुन् ।

‘बजेट पर्छ, ठेक्का लाग्छ तर कामले पूर्णता प्राप्त गर्न सक्दैन । त्यसकारण सम्मानित सदनले सुशासन स्थापित गर्न यथाशिघ्र सम्बन्धित निकाय र ठेक्कावालहरूलाई कामलाई पूर्णता दिन पहल गरोस् भन्ने माग पनि गर्न चाहन्छु,’ सांसद नेम्वाङले भनेका छन् ।

साथै, उनले सुशासनको कमजोरीका कारण विकास निर्माणका कामले पूर्णता लिन नसकेको र जनताले कष्ट भोग्नुपरेको जिकिर गरे ।

‘यस सम्मानित सदन जसलाई म सुशासनको मन्दिरको रुपमा लिन्छु । जहाँ जनताको समस्या उठाउने गरिन्छ । छिटोभन्दा छिटो समाधान पनि गर्न खोजिन्छ । तर, बिडम्बनाको विषय के छ भने, यो सुशासनको कमजोरीको कारण विकास निर्माणको कामले पूर्णता लिन नसक्दा जनताले कष्ट भोगिराख्नुपरेको छ,’ उनले भने ।

इलामको मेची राजमार्गअन्तर्गत पर्ने दमक, चिसापानी, नेपालटार, मंगलबारे लगायत थुप्रै सडक र पुल अलपत्र अवस्थामा रहेको भन्दै उनले त्यसबारे ध्यानाकर्षण गराएका हुन् ।

‘म इलामकै सन्दर्भ जोडेर कुरा गर्न चाहन्छु । मेची राजमार्ग अन्तर्गत राजदुवालीको बाटो केचना कञ्चनजंगाको सडक दमक, चिसापानी, नेपालटार, मंगलबारे लगायत थुप्रै बाटा र पुलहरू अलपत्र अवस्थामा छन् । अझ बर्खायाममा त जनताको जीवन थप कष्टकर बन्ने अनुमान गर्न सकिन्छ,’ उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -