सभामुख देवराज घिमिरेले भारतमा नेपाली छात्राको मृत्युको विषयमा सोमबारको बैठकमा सांसदलाई बोल्न नदिएको भन्दै प्रश्न उठाएका छन् ।
‘भनिन्छ लोकतन्त्रमा संसद् ऐना जस्तै हुनुपर्छ । संसद्मा देश र जनताको तस्बिर देखिनु पर्छ । तर त्यस्तो हुन सकेको छैन ।
हिजो मात्र भारतको ओडिसा राज्यमा घटेको घटनाले देश स्तब्ध भएको बेला हाम्रो संसद् बेखवर रह्यो’, मंगलबारको संसद् बैठकमा उनले भने, ‘ माननीयहरूलाई यो विषयमा बोल्न प्रतिबन्ध जस्तै गरियो । आज बोल्न मिल्ने हिजो किन नमिलेको होला सभामुख महोदय ?’
उनले अगाडि भने, ‘के नियमावलीले छेक्यो ? कि नियतले रोक्यो ? कि प्रक्रियामा त्रुटि भयो वा हाम्रो मस्तिष्क भित्र पूर्वाग्रह रह्यो ?’
उनले संसदमा नागरिकको एजेन्डाले स्थान पाउन छोडेको बताए । उनले केही दिन अगाडी भएको प्रधानमन्त्रीसँगको सवाल जवाफमा संसद्को कुरूप चित्र देखेर दुनियाँ हाँसेको पनि बताए ।
‘सादय सभामुख महोदयलाई पनि भित्र भित्र लज्जा वोध भएको हुनुपर्छ’, उनले भने। सोमबारको प्रतिनिधिसभा बैठकमा भारतमा भएको घटनाको विषयमा सांसद सुमना श्रेष्ठले सवाल उठाउन खोज्दा सभामुखले समय दिएका थिएनन् । यस्तै केही दिनअघि सांसद प्रभु साहले सोधेको प्रश्नमा प्रधानमन्त्रीले आक्रोश पोख्दै जवाफै दिएका थिएनन् ।








































