Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
६:२५:४७ बेलुका
- ADVERTISEMENT -

अध्यादेशको विरोध गर्नुको कुनै तुक छैन : मन्त्री गुरुङ

प्रकाशित मिति: २०८१ माघ २०, आइतबार

621
Shares
सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री गुरुङ लमजुङ, २० माघः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ आइतबार बेँसीसहर नगरपालिका–८ मा आयोजित प्रेस चौतारी नेपाल लमजुङ शाखाको आठौँ जिल्ला अधिवेशनको उद्घाटन सत्र कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै। तस्बिरः जनक श्रेष्ठ÷रासस

 सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै तुक नरहेको बताएका छन् । उनले राजनीतिक ‘स्टन्टबाजी’ का लागि यसको विरोध भइरहेको बताए। प्रेस चौतारी नेपाल लमजुङ शाखाको ८ औं अधिवेशन उद्घाटन गर्दै आइतबार लमजुङको बेंसीसहरमा उनले भने, ‘अध्यादेश ल्याउने कुरा संवैधानिक अधिकारको कुरा हो, संविधानमै व्यवस्था छ ।’

उनले अध्यादेश मुलुकको विकास र समृद्धिका लागि ल्याएको जिकिर गरे । ‘जनताको सेवालाई चुस्त बनाउन र सुशासनको प्रत्यायभूति दिलाउन, विकास र समृद्धिका लागि अध्यादेश ल्याइएको हो, यसको खण्डन गर्ने आधार कसैसँग छैन’ उनले भने, ‘अध्यादेश अध्यादेशको रुपमा बुझेर अध्यादेशको विरोध गर्ने कुरा राजनीतिक पूर्वाग्रहमात्रै हो। संसद् सुरु भएपछि त्यो पेस भएको छ । ६० दिनभित्र यो पास गर्नुपर्छ ।’ उनले जनताको काममा अवरोध भएकाले अध्यादेश ल्याएको र संसद्बाट नभागेको उनले प्रस्ट्याए ।

एक अर्को प्रसंगमा उनले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग, नियमनसम्बन्धी विधेयकबाट डराउनुपर्ने कुनै कारण नभएको बताए । ‘यो विधेयक राम्रोसँग पढौं । त्यसले आजको समस्याको पहिचान गर्न खोजेको छ, समाधान गर्न खोजेको छ,’ उनले दाबी गरे । उनले मुलुकको विकास र समृद्धि चाहनेले यो विधेयकको विरोध नगर्ने बताए ।

‘नेपाल पत्रकार महासंघ लगायत संघसंस्थाले यसको विरोध गरेको छ । मैले बुझेको छैन, किन विरोध गरेको होला थाह छैन,’ उनले भने, ‘राष्ट्रिय एकता, मुलुकको विकास, सुशासन, समृद्धि नचाहनेले विरोध गर्नुपर्छ,’ उनले थपे, ‘सभ्य समाजको निर्माण गर्ने कुरामा जसको सहमति छैन, त्यसले विरोध गर्ने हो । जो अराजकको पक्षधर हुन्छ, जो अस्थिरताको पक्षधर हो, जो अशान्तिको पक्षधर हो, जो हिंसाको पक्षधर हुन्छ, त्यसले चाहिँ सामाजिक सञ्जाल सञ्चालन, प्रयोग, नियमनसम्बन्धी विधेयकको विरोध गर्ने हो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -