विकसित हुनुको अर्थ अभद्रता हुन सक्दैन! हिजोआज सामाजिक संजाल अभद्र र असामाजिक वन्दै गएका छन्! सामाजिक संजाल नामै काफी थियो! जसमा प्रयोग हुने शव्द सामाग्री अति संवेदनशील र पाच्य हुनुपर्ने होइन र? अझ भन्नुपर्दा सामाजिक संजाल व्यक्तिगत घटना वा विषय वस्तुको प्रदर्शित गर्ने स्थान हो र?
नामांकन अनुसार हो भने यो नितांत सामाजिक र सामुहिक र व्यवसायिक विषय उठानको स्थल हुनुपर्थ्यो तर यो त अपाच्य शव्द विषय र विषयांतर गर्ने संजाल वन्यो! पछिल्लो समयलाई हेर्दा सामाजिक विषय पनि स्वच्छ र स्वभाविक प्रतिस्पर्धा भन्दा पनि कुनै संस्था व्यक्ति वा विषयको मर्म र धर्म विपरीत समय सन्दर्भलाई संक्रमित वनाउदै अस्वभाविक लाभ लिने स्थलको रुपमा प्रयोग गरियो! प्रविधिको विकास र विस्तार संगै प्रविधि मैत्री शिक्षा र सचेतना नहुदा पनि हाम्रो जस्तो विकासशील देश मा व्यवश्थापनको चुनौती जटिल वनिरहेको छ!
केहि सिमित व्यक्ति संस्था वा व्यवसाय ले यसको प्रयोग वाट राम्रो फाइदा लिएका छन् भने अधिकांश प्रविधि साक्षरता नभएका र भएर पनि सचेतना नभएका नागरिक हरुको व्यक्तिगत पारिवारिक र व्यवसायिक जीवन नै अस्तव्यस्त वन्दै गएको छ।
भर्खरै एउटा फेसवुक स्टाटसले ठुलै हिस्सा पायो! त्यो लेख्नेले कुन विवेक विचार वा प्रसंगमा लेख्यो! तर विवेचना र विश्लेषण यो हद सम्म भयो कि! लेख्नेले ठुलै अपराध गर्यो र दिनदिनै रिल र टिकटकमा रमाउने स्वघोषित स्टार लाई पनि त्यसको मर्म र धर्म वुझेर हो या लेख्नेको पहिचान संग रिस उठेर हो अपाच्य र अमान्य लाग्यो।
एउटा भनाई छ! शव्द र सम्वन्धको विषयमा: मानविय त्रुटि भनौं या स्वभाव कहिलेकाँहि शव्दहरु अस्वभाविक रुपमा पनि प्रयोग हुन्छन् तर त्यसलाई ग्रहण दुई तरिकाले गर्न सकिन्छ! व्यक्ति वा सम्वन्ध महत्वपूर्ण हो भने शव्दमा माफ गर्ने वा शव्द महत्वपूर्ण हो भने व्यक्ति वा व्यक्तित्व विर्सिदिने । अव सोचौं एक शव्द वा एक चरणको सामान्य शव्दसमायोजनलाई विषय वनाउदा को अछुत रहला त्यसैले ति कुरालाई केहि समयका लागी व्यक्ति स्वयम् मा छोडिदिने उसलाई आत्मालोचना र सुधारको लागी समय दिने, त्यसपछि पनि भएन भने व्यक्ति कुनै जिम्मेवार पद प्रतिष्ठा संग सम्वन्धित छ भने कानुनी वाटो लिने यतिको सोभनिय प्रावधान हुदाहुदै हामी कसैको टिकाटिप्पणि गर्न हतार गरिहाल्छौ किन?
प्रसंग त्यहि स्टाटस नोभेम्वर १ को रातीको स्टाटस ( वालेन) नामको फेसवुक वाल को हो! सायद त्यो लेख्ने सम्वन्धित व्यक्ति स्वयंलाई अपाच्य लागेर तत्काल हटाए। तर अरु सवैलाई त्यसले यति हिट गर्यो कि लाग्छ! लाग्छ नेपालको इतिहास मा २०८२/भाद्र २३ ,२४ भन्दा पनि भयंकर राष्ट्रीय क्षति र अन्तराष्ट्रीय वेइज्यत भयो! हे भगवान कुनै व्यक्तिको पछि त्यतिधेरै चासो किन? क्षणभरमा देवत्वकरण गरेर…… लेखे पनि जयजयकार छ! फेरि क्षणभरमा राक्षसी करण गरेर हाहाकार छ।
समस्या व्यक्ति वा प्रसंगको होइन समस्या प्रविधि मैत्री शिक्षाको अभाव र अस्वस्थ र अस्वभाविक सामाजिक र राजनीति अचेतन को हो। हामी युगको उपलव्दीलाई विवेकमा भन्दा पनि आवेगमा प्रयोग गरिरहेका छौं। वर्तमानको फाइदा मात्र हेरिरहेका छौं र संक्रमणकालीन समयको दुरुपयोग गरिरहेका छौं। जेन्जि आन्दोलन पनि त्यसैको राम्रो उदाहरण हो। हामी विवेक गुमाइदै गयौं। सामाजिक संजाललाई संसार मान्यौ क्षणिक लाभ या मनोरंजन को पछि लाग्यौ छोराछोरीको पछि लाग्नुपर्ने समय अनुत्पादक ठाऊँमा खर्च गर्यौ! छोराछोरीलाई पारिवारिक र सामाजिक भन्दा पनि सस्तो स्वतंत्रता मा छोड्यौ उनीहरुमा वितृष्णा र एक्लोपनमा रुमाल्यौं! अस्वस्थ प्रतिस्पर्धा र देखासिखिको सिकार वनायौं अग्रजको भुमिका र संवेदनशीलताको ज्ञात गराएनौं! पैसा पैसा भन्दै उनीहरुमा मेहनत र परिश्रम गर्ने वानी गराएनौं अनि उनीहरुले यी सवैको सुविधा को रुपमा सामाजिक संजाल लाई प्रयोग गरे र त्यसैको फलस्वरूप आजको यो प्रतिफल हामीले प्राप्त गरिरहेका छौं!
हामीले अव सधैं दोष अरुमा देख्न र थुपार्न छोडेर आफ्नो नैतिक वौद्दिक क्षमता र निष्ठता राम्रो संग ठहर्ने चस्मा र आफ्नो अनुहार राम्रो संग देख्ने एउटा ऐना किन्न जरुरी छ!
कता जाँदैछ समाज अनि सामाजिक सहिष्णुता
सरस्वती भट्ट ( पि. एच. डी स्कलर मानवशास्त्र संकाय अंग्रेज़ी साहित्य त्रि. वि
November 5, 2025
110
Shares

- ADVERTISEMENT -

सम्बंधित समचार
- ADVERTISEMENT -

- ADVERTISEMENT -
















