- ADVERTISEMENT -
- ADVERTISEMENT -

वर्षमानको आरोप – सरकार स्वेच्छाचारी ढंगले शासन गर्दै छ

January 30, 2025
484
Shares

पूर्वअर्थमन्त्रीसमेत रहेको पुनले देशमा अर्थतन्त्रको सुधारको पहल हुन नसक्दा समस्या देखा परेको उल्लेख गरे ।

प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा गरेको कामलाई निरनतन्ता नदिएर सरकार अर्को बाटोमा लाग्दा ६ महिनाको अवधिमा पनि केही काम गर्न नसकेको आरोप उनले लगाए ।

उनले माओवादी केन्द्रले सदन र सडकमा शसक्त ढंगले प्रतिपक्षको भूमिका उठाउने बताउँदै अब आफूहरु सरकारमा नगएर जनतामा जाने र आगामी निर्वाचनमा एक्लै चुनाव गर्ने उल्लखे गरे ।

उनले समाजवादी मोर्चालाई अघि बढाएर एकतासम्म लैजाने पनि बताए । उनले अहिलेको निर्वाचन प्रणालीले एकल बहुमत ल्याउन नसक्ने अवस्थामा गठबन्धन गर्नु स्वभाविक भएपनि निर्वाचका बेला गठबन्धन नगर्ने दाबी गरे ।

- ADVERTISEMENT -