Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२४:५५ दिउँसो
- ADVERTISEMENT -

संसद्को अधिवेशन नजिकिएसँगै प्रचण्ड आक्रामक, ओली सरकार ढल्नेमा कन्फिडेन्ट

प्रकाशित मिति: २०८१ माघ १०, बिहीबार

141
Shares

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल अहिलेको कांग्रेस र एमाले नेतृत्वको सरकार लामो नजानेमा ढुक्क छन् । उनले अहिलेको सरकार नै अप्राकृतिक भएको भन्दै यो लामो जान नसक्ने ठोकुवा गरेका छन् ।

यद्धपी अहिले आफू सरकार ढाल्ने खेलमा भने नलागेको उनको स्पष्टोक्ति छ । तर, उनले सरकार अब लामो नजाने भन्न छुटाएका छैनन् । प्रतिनिधिसभाको हिउँदे अधिवेशन बोलाउनको लागि पनि प्रचण्डले विपक्षीहरु एकजुट गरेर दबाब सिर्जना गरेका थिए ।

लगत्तै सरकारले हिउँदे अधिवेशन यही माघ १८ गते दिउँसो १ बजे बस्नेगरि आह्वान गर्न सिफारिश गरेको थियो । शितलनिवासले सरकारको सिफारिशबमोजिम संसद्को अधिवेशन आह्वान गरिसकेको छ । संसद्को नयाँ अधिवेशन सुरु हुनै लाग्दा प्रचण्डले सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिन थालेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अब धेरै नचल्ने दाबी गरेका छन् ।

उनले कांग्रेससँग भने नरम नीति लिएका छन् । कांग्रेसका नेताहरु शशांक कोइराला र डा. चन्द्र भण्डारीलाई सँगै राखेर चितवनमा समेत प्रचण्डले सरकार ढल्ने दाबी पेश गरेका थिए । प्रचण्डले ओली नेतृत्वको सरकार ढल्ने दाबी गर्दा कांग्रेस नेताहरु भने मुसुमुसु हाँसेका थिए । चितवनको दृश्यले सरकारमा भएका कांग्रेसकै मन्त्रीहरुले असहज मानेको चर्चा छ ।

नेपाली कांग्रेसको नेतृत्व पँक्ति भने अहिलेको सरकारलाई नै सफल बनाउने भनेर मरिहत्तै गररेर लागेको छ । प्रचण्डको सरकार ढल्ने अभिव्यक्तिलाई उनीहरुले हल्का रुपमा लिएका छन् । कांग्रेसमा यतिवेला शेखर कोइराला पक्ष भने अलिक बढि नै आक्रामक देखिएको छ । कोइराला पक्षधर नेताहरुले सरकार असफल भएको भनेर सार्वजनिक रुपमै टिप्पणी गर्न थालेका छन् । उनीहरुले सरकारले हालै ल्याएको अध्यादेशको समेत विरोध जनाएका छन् ।

शेखरले त संविधान संशोधनको लागि कुनै प्रक्रिया थालनी नगर्नुले पनि सरकार असफल भएको भनेर दलिल पेश गर्न थालेका छन् । कोइरालाले अहिलेको सरकारले संविधान संशोधन गर्दा अरु दलसँग अहिलेसम्म छलफल नगरेकोमा पनि आक्रोश पोखेका छन् । प्रचण्डले अहिले सरकारको असफलताको कारण जनतामा चरम निराशा छाएको टिप्पणी गर्ने गरेका छन् ।

आजमात्रै सुर्खेत विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा दाहालले ओली सरकार अब धेरै पर नजाने दाबी पेश गरे । उनले भनेका छन्, नीतिगत रूपमा सरकारको आयु धेरै लामो छैन । जुन ढङ्गले सरकारको जन्म भयो त्यो लामो आयुको छैन, तर, हामीलाई सरकारमा अहिले कुनै रुचि छैन ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -