नेपाली बजारमा आज सुनको मूल्य १९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कायम भएको छ ।यसअघि, मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार १०० रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १ हजार ८९५ रुपैयाँमा किनबेच भइरहेको छ ।








































