Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०८:४७ बिहान
- ADVERTISEMENT -

सुप्रिम सहकारी ठगी प्रकरण: भैरहवा पुगे रवि लामिछाने, भोलि अदालतमा उपस्थित हुने

प्रकाशित मिति: २०८१ माघ ८, मंगलबार

191
Shares

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । बुटवलस्थित सुप्रिम सहकारी ठगीविरुद्ध मुद्दा दायर भएपछि बयानका लागि उनी भैरहवा पुगेका हुन् ।

लामिछाने भैरहवा पुगेका छन् । लामिछाने भोलि अदालत उपस्थित हुने छन् ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले गत आइतबार जिल्ला अदालत रुपन्देहीमा मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो ।

सरकारी वकिल कार्यालयका अनुसार यो प्रकरणमा संगठित रुपमा ठगी भएको ठहर गर्दै ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता गरिएको छ।

लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

अनुसन्धानका क्रममा लामिछानेको नाममा गएको २ करोड रुपैयाँको भौचर समेत बरामद भएको छ । यो रकम २०७७ चैत १८ मा स्वीकृत भएको र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंक खातामा जम्मा भएको खुलेको छ ।

सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो । यसअघि, रवि गृहमन्त्री रहँदा, २०७९ वैशाख ३ मा यस मुद्दामा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना भएको आरोपमा २८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि २७ कात्तिकमा पोखराबाट बुटवलस्थित सरकारी वकिल कार्यालय लगेर रविको बयान गरिएको थियो ।

सुप्रिमका १,८३१ बचतकर्ताले ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँको हिनामिना भएको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो।

लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । पोखरामा लामिछानेमाथि सूर्यदर्शन सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा छ । लामिछाने बिहीबार ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -